About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
हलमा दुई ठुला फिल्म

Darpanpost शुक्रबार, भाद्र २२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं (हिटा) । आज शुक्रबारबाट फिल्महलहरुमा दुई ठुला चलचित्र प्रदर्शनमा आएका छन् । युवास्टार प्रदीप खड्का अभिनित प्रेमकथामा आधारीत चलचित्र ‘रोज’ र हाँस्य कलाकारहरुको अभिनय रहेको चलचित्र ‘रामकहानी’ एक साथ प्रदर्शनमा आएका हुन् । ‘रोज’ निरक पौडेलले निर्देशन गरेका हुन् भने ‘रामकहानी’ सुदर्शन थापाले निर्देशन गरेका हुन् । केहि महिना देखी नै यी दुई चलचित्र एकसाथ प्रदर्शनमा आउँदै गर्दा बिभिन्न टिकाटिप्पणी चलेका थिए । यो भन्दा अघि ‘रामकहानी’की निर्मात्री तथा नायिका पूजा शर्मा र ‘रोज’का नायकले चलचित्रमा एकसाथ अभिनय गरेका थिए । अहिले फरक चलचित्रमा काम गर्दा बदलाकै लागी एकसाथ प्रदर्शनमा आए भन्ने हल्ला पनि चलेको पाइन्छ । कहिले प्रदीपले पूजासँग र पूजाले प्रदीपसँग बदला लिनका लागी यस्तो गरिरहेका छन् पनि भनेका छन् तर यी दुईले आफूहरु ले प्रतिस्पर्धाका लागी चलचित्र एकसाथ प्रदर्शन नगरेको बताउँछन् । हामीले तीजको अवसरमा चलचित्र प्रदर्शन गर्ने भन्ने पहिले देखीनै सोच बनाएका थियौं, अर्को चलचित्र आउँला र जुधाउँला भन्ने सोंच कहिल्यै थिएन’ प्रदीपले भन्दै आएका छन् । यी दुई चलचित्र फरक जनरामा निर्माण भएका चलचित्र हुन् । रोज प्रेमकथा हेर्न मन पराउने दर्शकले हेर्न सक्छन् भने रामकहानी हाँस्य चलचित्र मन पराउने दर्शकले हेर्न सक्छन् ।

देशैभरीका हलहरुमा दुबै चलचित्र आइरहँदा कुन चलचित्रले कति हल पायो भन्ने कुरा मुख्य बिषय बनेको छ । यदि हलवालाले नै चलचित्र प्रदर्शनमा लगाइदिएनन् भने दर्शक आएतापनि फर्किनुपर्छ त्यसैले चलचित्रका निर्माताहरु आफ्नो चलचित्रले कति शो पायो भन्नेमा चनाखो भएका छन् । ‘रामकहानी’ वितरक सुनिल मानन्धरले चलचित्र देशभरका सय बढी हलमा लाग्ने जानकारी दिएका छन् । । उता ‘रोज’का वितरक गोविन्द शाहीले पनि देशभरका ८० प्रतिशत हलमा लाग्ने बताउँछन् । सिंगल थिएटरमा हलको संख्या दुबै चलचित्रमा बराबरी भएता पनि मल्टिप्लेक्समा भने शोज बाँडफाँडमा ।।।रामकहानी’ भन्दा केही अगाडि ‘रोज’ देखिएको छ । सर्वाधिकार सेयर प्राप्त हुने मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले ‘रोज’ लाई एडभान्स बुकिबमा काठमाडौंका आउलेटमा १५ शोज उपलब्ध गराएको छ । ‘रामकहानी’ लाई १३ शो उपलब्ध छ । यस्तै, क्यूज सिनेमाले दुवैलाई तीन–तीन शोज बाँडेको छ । विएसआरमा ‘रोज’ लाई ५ शोज र ‘रामकहानी’ लाई ४ शोज छ । एफक्यूबले दुवै फिल्मलाई ४–४ शोज उपलब्ध गराउँदा विग मुभिजमा ‘रोज’ ले ६ शोज र ।।।रामकहानी’ ले ४ शो पाएको छ । १ घण्टा ३० मिनेटको ‘रोज’ र २ घण्टा ४४ मिनेटको ‘रामकहानी’ दुवैलेसेन्सर बोर्डबाट पिजी सर्टि्फिकेट पाएका छन् । ‘रोज’मा प्रदीपका अलावा परमिता आरएल राणा, मिरुना मगर र कर्मा शाक्य लिड रोलमा छन् । यो क्राइमरथ्रीलर जनराको चलचित्र हो । यसमा प्रदीप अपराधीको भूमिकामा छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com