About Contact
२३ आषाढ २०७९, बिहिबार
Close
बिज्ञापन
मुलकुका ९५ हलमा एकसाथ प्रदीपको रोज, आक्रमक सुरुवात

Darpanpost शुक्रबार, भाद्र २२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

२२ भाद्र, काठमाडौं । लोकप्रिय अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘रोज’ शुक्रबारबाट मुलुकका ९५ ओटा सिनेमा हलमा एकसाथ प्रदर्शनमा आएको छ । रोजी मुलुकका मल्टिप्लेक्सदेखि सिँगल थिएटरका सबैजसो हलमा यो सिनेमा लागेको हो ।
काठमाडौंको गोपिकृष्ण, गुण, अष्ट, बिग लगायतका धेरैजसो सिनेमा हलमा बिहानदेखि नै हाउसफुल भएको छ । यसका वितरक गोबिन्द शाहीले दिउँसो ११ बजेको शो पनि धेरै ठाउँमा हाउसफुल भएको जानकारी गराएका छन् । अर्का वितरक मनोज राठीका अनुसार पोखरा, धरान, दमक, बिर्तामोड, इटहरी, बुटबललगायतका शहरका सिनेमाहलमा पनि सो हाउसफुल छ । फिल्मले शुक्रबार बिहानीको शोबाटै आक्रमक व्यापार गरेको वितरकले बताएका छन् ।


यो चलचित्रलाई निरक पौडेलले निर्देशन गरेका हुन् । चलचित्र रोज लभ स्टोरी क्राईम जनरामा निर्माण भएको उनले बताए । सिनेमाले सबै प्रकारका दर्शकको मन जित्ने विश्वास आफुले लिएको निर्देशक पौडेलले जानकारी गराएका छन् ।
गोपिकृष्ण मूभिज र आरोही फिल्म्सले संयुक्त निर्माण गरेको रोजका शुक्रबार बिहान काठमाडौंका बिग मूभिजमा प्रिमियर शो गरियो । शोमा सञ्चारकर्मी तथा चलचित्रकर्मीले सिनमा सोचे भन्दा राम्रो बनेको प्रतिक्रिया दिए । बिहानै देखि यो चलचित्रका अभिनेता प्रदीप खड्का, अभिनेत्री पारमिता आरएल राणा, मिरुना मगरलगायत प्रेस शो तथा सिनेमा हल पुग्दा दर्शकबाट घेरिएका छन् ।
यो चलचित्रमा अभिनेता प्रदीप, पारमिता, मिरुनालगायत कर्मा शाक्य, बरुण शमशेर जबरा, नरेश पौड्याल, केदार भुषाल, पल्पसा डंगोल, प्रकाश श्रेष्ठ, प्रदीप दाहाललगायत छन् ।


अभिनेता प्रदीप खड्काले बिगतको भन्दा रोजमा फरक काम गरेको बताएका छन् । एउटा सामान्य व्यक्ति कसरी आफुले सबैभन्दा बढी चाहेको प्रेमिकाको हत्या गर्न विवस भयो भन्ने भूमिकामा दर्शकले आफुलाई यो फिल्ममा हेर्न पाउने पनि उनले बताए ।
अभिनेत्री मिरुनाले यो फिल्ममा आफु विकलको भूमिकामा भएको बताएकी छिन् । अर्की अभिनेत्री पारमिताले आफु मोडलको भूमिकामा भएको खुलाएकी छिन् ।


अग्रज चलचित्रकर्मी उद्धब पौडेलको प्रस्तुति रहेको रोजलाई मणिकरण केसी, आर्या पौडेल र आरोही केसीले निर्माण गरेको हुन् । रोजमा राजुबिक्रम थापाको छायाँकन, मित्रदेव गुरुङको सम्पादन, एलिस कार्की र अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com