About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
जुनसुकै पार्टी र जुनसुकै नेता भएपनि जनतालाई विकास चाहिएको छ – खेलकुद मन्त्री विश्वकर्मा

Darpanpost बिहिबार, भाद्र २१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

ज्ञानु पंगेनी,

२१ भाद्र, नवलपरासी । युुवा तथा खेलकुद मन्त्रि जगत वहादुर विश्वकर्माले जनतालाई चाहिएको विकास भएकाले जुनसुकै पार्टीले विकासको काममा अग्रसरता देखाएपनि फरक नपर्ने बताएका छन ।
विहिवार नवलपरासी पूर्व देवचुली नगरपालिका पा“च रहेको सकलादेवी माविमा निर्माण गरिएको चार कोठे भवनको उद्घाटन तथा भवन हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै सरकारमा रहेको पार्टीले मात्रै नभई जुनसुकै पार्टी र नेताहरुले पनि विकासका काम गर्न अग्रसरता देखाउनुपर्ने बताएका हुन ।
मन्त्रि विश्वकर्माले भने – ‘फलानै पार्टी फलानै नेताले विकास गर्दिनुपर्छ भन्ने जनताको लागि मुख्य विषय होईन , जोसुकैले किन नगरोस जनतालाई चाहिएको विकास हो , जनतालाई चाहिएको सेवा र सुविधा हो । ’
मन्त्रि विश्वकर्माले नेपाल प्राकृतिक सम्पदाले उपहार पाएको देश संसारका अरुदेशका तुलनामा धेरै अगाडी पुग्नुपर्ने देश भएपनि धेरै पछाडी पर्नु दुःखद भएको भन्दै देशलाई समृद्ध बनाउन सबै पार्टी र सबै नेता एक भएर लाग्नुको विकल्प नरहेको समेत बताए । समेद्ध नेपाल र सुखी नेपाल निर्माण गर्नु नै अहिलेको सरकारको मुख्य ल्रक्ष्य रहेकोले यस अभियानमा सबैलाई साथ दिन समेत मन्त्रि विश्वकर्माले आग्रह गरे ।
सबै नेपालीको घरआ“गनमा खुसी र सुख ल्याउने अठोठका साथ बर्तमान सरकार अगाडी बढेकाले यस अभियानमा प्रतेक नेपालीले साथ दिएमा मात्रै सम्भव हुने भन्दै बर्तमान सरकारको सपना साकार पार्ने काममा हातेमालो गर्न समेत आग्रह गरेका थिए ।
बालमैत्री र भुकम्प प्रतिरोधात्मक चार कोठे भवन जागृती बाल तथा युवा सरोकार नेपाल र ईन्डिगो चिल्ड्रेन फण्ड युकेको ५३ लाख र विद्यालयको छ लाख २५ हजार ७ सय ७१ रुपैया गरि कूल ५९ लाख २५ लाख ७ सय ७१ रुपैयाको लागतमा निर्माण सम्पन्न गरिएको हो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com