ज्ञानु पंगेनी,
नवलपरासी , २१ भदौ । अन्तरपार्टी महिला संजाल नवलपुरले बर्तमान समयमा बढ्दै गएको महिला हत्या हिंसा तथा बालिकाहरु बलात्कार हुने र यौनहिंसामा पर्ने क्रममा बृद्धि भईरहेको भएपनि त्यसको न्यनिकरण र दोषीलाई कारवाहि गर्न सरकारले चासो नदेखाएप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
विहिवार कावासोतीमा पत्रकार सम्मेलन गरि लामो संघर्षपछि आएको परिवर्तनले महिलाहरुलाई स्वतन्त्र पूिर्वका बाच्न पाईने अधिकार प्राप्त भएको भनिएपनि समाजमा महिला र बालिकाले त्यो अधिकारको प्रत्याभुती गर्न नपाएको ठहर गर्दै बलात्कार जस्तो जघन्य अपराध गर्ने अपराधिलाई कानुन शंशोधन गरि मृत्यु दण्डको सजाय हुनुपर्ने समेत संजालले माग गरेको छ ।
पत्रकार सम्मेलनमा संजालकी अधयक्ष अमृता सिग्देलले कञ्चनपुरकी १३ वर्षिया बालिकाको बलात्कारपछि हत्या र त्यसपछि उत्पन्न परिस्थितीले देशमा कानुन नै नभएको आभाष भएको बताईन । ठूलाबडाले जे गरेपनि हुन्छ भन्ने आम नागरिकमा अहिले निरासा छाएकोले सरकारले घटनाका दोषीलाई पत्ता लगाई कडा कारवाहि गर्न समेत सिग्देलले माग गरिन ।
यस्तै बर्तमान अवस्थामा महिला तथा बालबालिकाहरुलाई समाजमा स्वतन्त्र पूर्वक हिडडूल गर्न अवरोध सृजना भएको , कहा कतिवेला के हुने हो भन्ने त्रासैत्रासमा सधैभरि रहिरहनुपर्ने अवस्था आएकाले अस्तो परिस्थिती अन्त्यका लागि शुशासन , शान्ति , सुरक्षा र अमनचयनको वातावरण सृजना गरिदिन सरकारसंग संजालले माग समेत गरेको छ
यस्तै संजालले विहिवार नै जिल्ला प्रशाशन कार्यालय नवलपुर मार्फत् महिला ंिहसाहत्या र बालिका बलात्कार न्यनिकरण गर्न र दोषीलाई मृत्यु दण्डको सजाय कायम गर्न माग गर्दै प्रधानमन्त्रि कार्यालयमा ध्यानाकर्षण समेत गराएको छ ।