About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
पुनम क्षेत्री गौतमले आफ्ना डिजाइनका पहिरनमा फ्रान्सको पेरिसमा १२ अन्तर्राष्ट्रिय मोडललाई ¥याम्पमा उतार्न

Darpanpost मंगलबार, भाद्र १९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । फेशन डिजाइनर तथा फिल्म निर्मात्री पुनम क्षेत्री गौतमले आफ्ना डिजाइनका पहिरनमा फ्रान्सको पेरिसमा १२ अन्तर्राष्ट्रिय मोडललाई ¥याम्पमा उतार्ने भएकी छन् । बेलायतको लण्डन र अमेरिकाको न्यूर्योकपछि पुनम आफ्ना डिजाइनका साथ पेरिसको फेशन शोमा प्रस्तुत हुन लागेकी हुन् ।
एसएम ग्लोबलले सेप्टेम्बर १२ मा आयोजन ागर्न लागेको ‘क्याटवक पेरिस रिभोल्युसन’मा पुनमले पश्चिमा पहिरनमा नेपाली पहिरनको फ्युजन गराएर मोडलमार्फत आफ्ना पहिरन प्रदर्शन गर्नेछिन् । ‘ न्यूर्योक र लण्डनमा नेपाली संस्कृति झल्काउने पहिरनलाई मोडलमार्फत प्रदर्शन गरेको थिएँ । पेरिसको फेशन शोमा नेपाली संस्कृतिलाई पश्चिमा पहिरनमा फ्युजन गरेर भिन्न किसिमको डिजाइन प्रस्तुत गर्दैछु,’पुनमले भनिन्,‘पश्चिमा पहिरनमा नेपाली संस्कृतिको फ्युजनको स्वाद सहभागीले राम्रो पाउनेछन् ।’

 


एसएम ग्लोबलले आयोजना गर्न लागेको फेशन शो आगामी सेप्टेम्बर १२ बाट शुरु भई दुई दिनसम्म चल्नेछ । पुनम सेप्टेम्बर १० मा पेरिस जाँदैछिन् । यो शोमा पुनमले नेपालको एक्लो प्रतिनिधित्व गरेकी छन् भने दर्जन बढी देशका फेसन डिजाइनरको पनि शोमा उपस्थिति हुनेछ ।
शोमा पुनमले फेब्रिकलाई मोन्टाइज गरेका १२ वटा डिजाइन प्रदर्शन गर्दैछिन् । प्रदर्शनसँगै पहिरन विक्रीका लागि उनले स्टल पनि राख्नेछिन् । यो फेशन शोमा अन्तर्राष्ट्रिय मोडलसँगै अन्तर्राष्ट्रिय सेलिब्रेटीको पनि विशेष उपस्थिति हुनेछ ।

पेरिसपछि उनी दुबइमा पनि फेशन शो गर्दैछिन् । अन्तर्राष्ट्रिय फेशन शोमा आफ्नो सहभागिता उद्देश्यपरक रहेको उनले बताइन् । ‘भविष्यमा म नेपालमा फेशन कलेज र इनिष्टिच्यूट स्थापना गर्न चाहन्छु । त्यसका लागि विश्वमा फेशनको अवस्था के छ भनेर म अध्ययन गरिरहेकी छु,’पुनमले खुलाइन्,‘यूके, जापान, नर्वे, न्यूर्योकलगायतका धेरै देश घुम्दा त्यहाँका जनताहरु नेपालबारे अनविज्ञ छन् । यो अवस्थामा म नेपाली संस्कृतिको फेशनमार्फत नै नेपालको बारेमा चिनाउन चाहन्छु ।’फिल्म ‘अझै पनि’बाट फिल्म निर्माणमा डेब्यु गरेकी पुनम चाँडै नै नयाँ फिल्मको घोषणा गर्ने तयारीमा छिन् ।

पुनम आफ्नो संस्था पुनम इन्टरटेनमेन्टले एसएम ग्लोबलसँग सहकार्य गर्दै दुई वर्षपछि नेपालमै अन्तर्राष्ट्रिय वृहत फेशन शोको आयोजना गर्ने तयारीमा छिन् । पेरिसको फेशन शो पछि उनी अर्को वर्ष दुबईमा पनि फेशन शो गर्दैछिन् ।

 

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com