About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
पोखराबाट ए मेरो हजुर ३

Darpanpost सोमबार, भाद्र १८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं (हिटा) । नायक अनमोल केसीको मुख्य भूमिका रहने गरी चलचित्र ‘ए मेरो हजुर ३’को मुहूर्त गरिएको छ । अनमोलले अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापासँग अभिनय गर्ने यो चलचित्रको शनिवार दिउँसो साढे ३ बजे पोखराको विन्दावासिनी मन्दिरमा शुभमुहूर्त गरिएको हो ।
यो भन्दा अघि ‘ए मेरो हजुर २’ निर्देशन गरेकी झरनाको निर्देशनमा बन्ने यो दोस्रो चलचित्र हुनेछ । सुनिल कुमार थापाको निर्माणमा बन्न लागेको यो चलचित्रको छायांकन केही हप्तामा सुरु हुने निर्देशक थापाले जानकारी दिइन् । नवनायिका सुहानाले पहिलो चलचित्रबाटै अनमोलसँग कामगर्न पाउँदा खुसी लागेको बताइन् । शनिबार पोखरामा अनमोल इभ इभेन्टमा चलचित्रको सानो अंशको सुटिङ गरियो । जहाँ अनमोल स्टेजमा भइरहँदा सुहाना पनि उक्त इभेन्ट हेर्न पुगेको दृश्य राखिएको छ । अन्य सुटिङ भने असोज ५ गतेबाट रेगुलर हुने बताइएको छ । चलचित्र प्रेमकथामै आधारीत हुनेछ ।
सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको यो चलचित्रको प्रदर्शन मिति पनि तोकिएको छ । चलचित्र आउँदो चैत २९ गते प्रदर्शनमा आउने बताइएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com