About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
अनुभवको मनकी उजेली

Darpanpost सोमबार, भाद्र १८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं ।  नेपाली चलचित्रको अभिनयबाट चर्चामा आएका बाल कलाकार अनुभव रेग्मीले अभिनय गरेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । अहिले प्रदर्शन भइरहेको ‘नाइँ नभन्नु ल ५’मा अभिनय गरेका अनुभव र नायिका प्रियंका कार्की दुबै यो म्युजीक भिडियोमा देखिएका छन् । भिडियोमा अनुभव र प्रियंकासँगै आयुष्मान देशराज जोशी पनि फिचर्ड छन् ।
प्रियंकाको माया पाउने प्रयत्न गरिरहेका आयुष्मानको तगारो भने अनुभव बनेका छन् । म्युजिक भिडियोमा अनुभवलाई केहि भिन्न रुपमा प्रस्तुत गरिएको छ । नारायण भण्डारी ‘जनकपुरी’ को शब्द र संगीत रहेको गीतमा दीपक महर्जनको स्वर रहेको छ । सुबोल थापाको कोरियोग्राफी रहेको गीतलाई बुद्ध थापाले छायाँकन गरेका हुन् । बिकाश धमलाको सम्पादन रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् । जिन्दगी रक्स र फाटेको जुत्ताको समेत निर्देशन गरिसकेका निकेश पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा अगाडी आउने नाम मध्यका एक हुन् । निर्देशक खड्काले यो भिडियोलाई केहि फरक बनाउने कोसिस गरेको बताउँछन् । भिडियोमा रोमान्टिक सहित कमेडी थपेको बताए । ‘यो भिडियो पनि प्रेममै केन्द्रित छ तर प्रस्तुतीकरणमा केहि फरक बनाउने कोसिस गरेको छु । त्यसै अनुसार प्रियंका, आयुष्मान र अनुभवलाई कास्ट गरेको हु ।’, उनले भने ।

नायिका प्रियंकाले भिडियो गर्दाको पल निकै रमाइलो भएको बताइन् । साथै उनले आफ्नो जीवनसाथी आयुष्मानसँग काम गर्दा अझ खुसी लागेको बताइन् । ‘मलाइ एकदमै मन पर्ने अनुभव र मेरो जीवनसाथि आयुष म सँग थिए । त्यसो त हामीले हरेक भिडियोमा ईन्जोय गर्छौ तर यसमा आयुष र अनुभवसँगको स्क्रिन शेयरले मलाइ खास बनाएको छ । भिडियो मेरो लागि खास छ ।’ प्रियंका भन्छिन् । गीतका गायक दीपक महर्जनले आफ्ना पहिलाका गीतहरु जस्तै यसगीतलार्य पनि दर्शक तथा स्रोताले माया गर्नेमा विश्वास लिएको बताए ।

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com