About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
रोजमा प्रताप दासको अभिनय !

Darpanpost सोमबार, भाद्र १८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

इटहरी । अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी शो नेपाल आईडलको रिजन २ यतिखेर चलिरहेको छ । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको गायन प्रतियोगीता आयोजना भएसँगै यसले खुबै चर्चा पायो । सामाजिक सञ्जाल, युट्युव तिर अहिलेपनि युट्युवको शीर्षस्थानमा आइरहेको हुन्छ । यसैबिच नेपाल आईडल पहिलो सिजनका सेकेण्ड रनरअप प्रताप दास यतिखेर देशबिदेशका कार्यक्रमहरुमा निकै ब्यस्त छन् । उनले थुप्रै गीतहरु गाईसकेका छन् । नेपाल आईडलका अन्य बिजेता भन्दा उनले चलचित्रका गीतहरुमा बढी स्वर दिएका छन् । पछिल्लो समय चलचित्रका निर्माता तथा निर्देशकले उनलाई खोज्ने गरेका हुन्छन् ।
यसैबिच उनले स्वर भरेको ‘रोज’ चलचित्रमा समावेश ‘फूल हैन’बोलको गीत यतिखेर चर्चामा छ । यहि भदौ २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको टिम अहिले मोफसलको प्रमोशनल टुरमा छ । चलचित्रका नायक तथा नायिकाहरुसँगै गायक प्रताप दासपनि सँगै छन् । पोखराबाट सुरु भएको प्रमोशनल टुर, बुटवल, चितवन हुँदै आइतबार इटहरी र धरानमा सम्पन्न भयो । इटहरीमा कन्सर्ट सुरु हुनु अघि गरिएको पत्रकार भेटघाट कार्यक्रममा प्रतापले आफ्नो स्वरमा रहेको गीतको बिषयमा जानकारी दिए । त्यसैबिच सञ्चारकर्मिहरुको ‘चलचित्रमा स्वर मात्र कि अभिनय पनि ?’ भन्ने प्रश्नमा प्रताप केहिबेर रोकिए । उत्तर दिनुपुर्व छेउमै रहेका नायक प्रदीप खड्का तर्फ हेर्दै ‘सुटिङ भएको थियो तर मेरो सिनमात्र काटियो’ भन्ने जवाफ दिए र मुसुक्क हाँसे । उनले दोस्रो हर्फमा चलचित्रमा मेरो अभिनय छैन गीत मात्र गाएको हुँ भने । प्रदीपतर्फ हेर्नु र उत्तर दिन अक्मकिनुले कतै ‘रोज’मा प्रतापको पनि अभिनय छ कि भन्ने जिज्ञासा थपिदिएको छ । यो भन्दा अघि प्रदीपकै चलचित्र ‘प्रेमगीत २’, ‘लिलिबिली’मा पनि एक÷एक गीत गाएका थिए । केहिबर्ष यता प्रताप र प्रदीप नजिक छन् ।

प्रतापले पत्रकार भेटघाटमै चलचित्रमा कामगर्ने इच्छा जागेको पनि बताए । ‘यदि राम्रो चलचित्रका लागी अफर आउँछ भने म गर्न तयार छु, किनकी मलाई पहिले देखी चलचित्रमा अभिनय गर्ने इच्छा छ’, प्रतापले भने । कार्यक्रममा नायक प्रदीप खड्का र नायिका मिरुना मगरले चलचित्र ‘रोज’को बिषयमा जानकारी गराए । अन्तिम समयमा आएर चलचित्रको नाम परिवर्तन, नायकले नायिकालाई मार्नुको कारण लगायतका बिषयमा सञ्चारकर्मिहरुले जिज्ञासा राखेका थिए । मोफसल टुरमा नायक प्रदीप खड्का, नायिकाद्धय मिरुना मगर, परमिता आरएल राणा, गायक प्रताप दाससँगै चलचित्र निर्माण नियन्त्रक बुद्धिलाल मगर, हाँस्य कलाकार दिनेश काफ्ले, नवगायिका प्रज्ञा श्रेष्ठ लगायतको टिम छ । आइतबार इटहरी र धरानको कन्सर्ट सकेलगत्तै सोमबार टिम झापा पुगेको छ । झापामा दमक र बिर्तामोडमा कन्सर्ट गरेलगत्तै टिम काठमाडौं फर्किनेछ । काठमाडौंमा पनि दुईठाउँमा कन्सर्ट गरिने निर्माण नियन्त्रक बुद्धलालले जानकारी दिए । उद्धव पौडेल प्रस्तुतकर्ता रहेको यो चलचित्र निरक पौडेलले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com