About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
श्रावण शुक्ल पूर्णीमा अर्थात् जनै पूर्णीमा र रक्षा बन्धन पर्व आज मनाइदैछ

Darpanpost आइतबार, भाद्र १०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

भदौ १० , घोराही ।  श्रावण शुक्ल पूर्णीमा अर्थात् जनै पूर्णीमा र रक्षा बन्धन पर्व आज मनाइदैछ । आजको दिन मन्त्रेको जनै वर्षभरिका धार्मिक कर्ममा प्रयोग गरिनाका साथै फेर्नलाई समेत उपयोग हुने हुँदा जनै फेर्ने गरिन्छ । कुनै पनि धार्मिक कर्म गर्दा र जुठो, सूतकबाट चोखिँदा आजकै दिन मन्त्रिएको यज्ञोपवीत फेरेर शुद्ध भइन्छ भन्ने वैदिक मान्यता छ । तागाधारीले जनै फेर्ने भए पनि नेवार समुदायमा भने आज क्वाँटी पुन्ही भनेर मनाइन्छ । साउन शुक्ल पूर्णिमाको दिन क्वाँटी खाने परम्परा छ । यस्तै आज तराई मधेशमा रक्षा बन्धन मनाइँदैछ । दिदिबहिनीले दाजुभाईको हातमा रक्षा बन्धन बाध्ने चलन छ । यसैविच घोराहीमा रहेको व्रमह कुमारी इश्वरी विश्वविद्यालय परिवारले आज घोराहीमा सामुहीक रक्षा वन्धन तथा सदभाव स्नेह मीलन कार्यक्रमको आयोजना गरेको छ। राप्ती अञ्चल संयोजक गीता दिदीको अध्यक्ष्ता एवं पाच नम्वर प्रदेशका प्रदेश सभा सदस्य अमर वहादुर डागीको प्रमुख आतीथ्यमा सम्पन्न कार्यक्रममा गीता दिदी र पुस्पा वहीनीले सामुहीक रुपमा त्यहा पुगेका दाजु भाइ दिदी वहीनीहरुलाइ सामुहीक रक्षावन्धन ग्रहण गराउनु भएको थियो । त्यसअवसरमा वोल्दै कार्यक्रमका प्रमुख अतीथी प्रदेश सभा सदस्य डागीले हरेक समाजका आफनो पन आफनो चिनारी र आफनो पहीचान हुने वताउदै रक्षा वन्धन पनी हाम्रो समाजको आफनो पहीचानको पर्व भएको वताउनु भयो । क्रान्तीका नाममा कतीपय हाम्रा संस्कार परम्परा र मुल्य मान्यतालाइ रुढीवादीको नाममा हामीले भुल्दै गएको वताउदै गलत कुरा लाइ फयाकेर परिस्कृत परिमार्जन र विकसीत गर्दे आफनो जिवनशैलीलाइ उच्चकोटीमा पुर्याउने समयको रुपमा लिनुपर्ने वताउनु भयो । प्रमुख अतीथी डागीले हाम्रा वैदीककालीन पौराणीक कालीन मुल्य मान्यता र परम्परागत सनातन मुल्य मान्यतालाइ आजको दिनमा आध्यात्मीक मात्र नभइ भौतीक व्याख्या गरिनुपर्नेमा जोड दिनु भयो

नेपाल पत्रकार महासंघका केन्द«ीय उपाध्य विपुल पोख्रेलको विशीष्ट आतीथ्यमा सम्पन्न कार्यक्रममा व्रमहकुमारी पुस्पा वैनीले रक्षावन्धनको महत्व इश्वरीय शक्ती र यसलाइ ग्रहण गर्दा समाजमा पर्ने सकारात्मक प्रभावका वारेमा जानकारी गराउनु भएको थियो । त्यसअवसरमा कार्यक्रमका अधयक्ष राप्ती अञ्चल संयोजक गीता दिदीले रक्षा वन्धनले सवैमा विश्ववन्धुत्वको भावनार यसमा ग्रहण गरिने कवाटीले सामुहीकता र एकतामा जोड दिएको वताउदै असल भाव र असल मन र असल चिन्तन सहीतको एकतापुर्ण सामुहीकताले समाजलाइ सतमार्गमा लैजाने वताउनु भयो । त्यसअवसरमा अधिवक्ता गोमा महराले विशेष मनत्रद्धारा मन्त्रीत रक्षावन्धनले सवैको रक्षा गर्ने वताउदै हाम्रा सास्कृतीक मुल्य मान्यतालाइ जोगाउन यस्ता सामुहीक कार्यक्रमले मदत पुर्याउने वताउनु भयो । कार्यक्रमको सहजीकरण व्रमह कुमार माधव तीम्लस्नाले गर्नुभएको थियो । यसैविच आजै व्रमह कुमारी इश्वरी विश्व विद्यालय परिवारले घोराही जिल्ला प्रहरी कार्यालय , घोराही कारागार र वृद्धाआश्रममा पनी विभीन्न कार्यक्रमहरु सम्पन्न गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com