About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
ओमसतिया गाउँपालिकालाई एम्बुलेन्स प्रदान

Darpanpost शनिबार, भाद्र ०९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार
भदौ ९ । भगत सर्वजित प्रतिष्ठान नेपालले रुपन्देहीको ओम सतिया गाउपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । शनिबार ओमसतिया गाउँपालिका वडा नम्बर –६ मा आयोजित एक कार्यक्रमका बिच प्रतिष्ठानका बरीष्ठ उपाध्यक्ष जोग लाल बिश्वकर्माले ओम सतिया गाउँपालिकाका अध्यक्ष हिरा केवटलाई साचो हस्तान्तरण गर्नु भएको हो । सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका संस्थापक अध्यक्ष एवम नेकपा नेता छबिलाल बिश्वकर्माले एम्बुलेन्सले यस क्षेत्रका जनताको स्वास्थ्यमा पहुँच सहज हुने विश्वास ब्यक्त गर्नु भयो ।

उहाले रुपन्देही विकसित जिल्ला भए पनि ग्रामिण क्षेत्र अझै सम्म कठिन अवस्था बाट गुज्रीरहेको बताउनु भयो । फरक प्रसंगमा पूर्व कृर्षि मन्त्री एवम प्रतिनिधि सभा सदस्य समेत रहनु भएका बिश्वकर्माले कृषकहरुलाई समयमै मलखादको ब्यवस्था गरीने बताउनु भयो । नेता बिश्वकर्माले बिऊविजन, सिंचाई लगाएतको उपलब्धताका लागि सरकारले प्रयास गरीरहेको बताउनु भयो ।एम्बुलेन्स गाउपालिकाको संरक्षणमा रहने गरी छोटकी रामनगर स्वास्थ्य चौकीले संञ्चालन गर्ने छ । शनिबारै गाउपालिका अध्यक्ष केवटले स्वास्थ्य चौकी रहेको वडा नम्बर–६ का अध्यक्ष शिब धवललाई साचो हस्तान्तरण गर्नु भएको थियो । ग्रामिण क्षेत्रका नागरीक आकस्मीक स्वास्थ्य सेवाबाट बञ्चित नहुन भन्ने उद्धेश्यले गाउपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरीएको प्रतिष्ठानका उपाध्यक्ष बिश्वकर्माले जानकारी दिनु भयो । अब एम्बुलेन्सको सम्पुर्ण संञ्चालन खर्च र आम्दानी गाउपालिकाको हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com