About Contact
०४ आश्विन २०८०, बिहिबार
Close
बिज्ञापन
सुन अभाब भएको भन्दै पसल बन्द

Darpanpost शुक्रबार, भाद्र ०८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

गङ्गा भण्डारी
भदौ ८ । माग अनुसार सरकारले सुन उपलब्ध गराउन नसकेको भन्दै गुल्मीका सुनचाँदी ब्यवसायीहरुले पसल बन्द गरेर विरोध जनाएका छन । नेपाल सुनचादी ब्यवसायी संघ जिल्ला शाखाको आह्वानमा बिहिबार देखि शनिबार सम्म जिल्ला भरका सम्पुर्ण पसल ब्यवसाय बन्द हुने ब्यवसायीहरुले जानकारी दिएका छन । चाड वाड नजिकिए संगै बजारमा सुनको माग अत्याधिक रहेको र सरकारले सुन उपलब्ध नगराएका कारण ग्राहकलाई सुन उपलब्ध गराउन नसकेपछि बाध्य भएर पसल बन्द गर्नु परेको नेपाल सुनचादी ब्यवसायी संघ गुल्मीका अध्यक्ष बालकृष्ण बराललले बताउनु भयो । हाल वाणिज्य बैंकहरूले सुन किलोमा आयात गरी सोही अनुसार बिक्री गर्दै आएका छन ।

बैंकहरूले दक्षिण अफ्रिका, संयुक्त अरब इमिरेट्स यूएई, हङकङ, स्विटजरल्यान्ड लगायतका मुलुकबाट सुन आयात गर्दै आएका छन । आयातित सुन सुनचाँदी व्यवसायी महासंघ, सुनचाँदी कला व्यवसायी संघ र सुनचाँदी रत्न तथा आभुषण महासंघको सिफिरिसमा बैंकले गहना व्यवसायीलाई वितरण गर्दै आएका छन । सुन आयात र लगानी निरुत्साहित गर्न राष्ट्र बैंकले कार्यविधि बनाएर कोटा प्रणालीमा सुन आयात र वितरणको व्यवस्था गर्दै आएको छ । कार्यविधि अनुसार बैंकबाट व्यवसायीले दिनको २० किलो मात्रै किन्न पाउँछन । ब्यवसायीहरुले कोटा प्रणाली खारेजीको माग गर्दै आएका छन ।

सम्बन्धित

ताजा अपडेट
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक
वेदना र सन्देशले भरिएका जल, जंगल र जमिन संरक्षणमुखी तीज गीत

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com