About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
शान्ति र प्रजातन्त्र

सुदिक्षा लम्साल बुधबार, भाद्र ०६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

सामान्यतया तनाबरहित स्वतः स्फुर्त रुपमा कसैको डरकरमा नरहि व्यक्तिले बिना अवरोध स्वतन्त्र रुपमा रहन पाउने वातावरण शान्ति हो भने देशको शासन, नीति नियम तथा साराम पद्धति प्रजाद्वारा गरिने व्यवस्था नै प्रजातन्त्र हो । जहा प्रजा हाबि हुन पाउँछन् तथा प्रजा आफ्नो शासन व्यवस्था कस्तो बनाउने भन्ने विषयमा आफुले रोज्ने अधिकार पाउँछन्, त्यहि नै प्रजातन्त्र हो, परतन्त्र विरुद्धको अवस्था शान्ति हो । शान्ति र प्रजातन्त्र पुरक विषयवस्तु हुन् । देशमा शान्ति स्थापनाका लागि प्रजातन्त्र प्रमुख साधन हो । देशको सञ्चालनमा जनता संलग्न भएपछि अथवा जनताले आफ्नो अनुकूल शासन पद्धति संचालन गरेपछि मात्र शान्तिको कल्पना गर्न सकिन्छ, मतलब प्रजातान्त्रिक शासन व्यवस्थामा नै शान्तिको अनुभुत गर्न पाइन्छ । प्रजाद्वारा प्रजालाई गरिने शासन व्यवस्था प्रजातन्त्र भएपनि कतिपय देशहरुमा यसको स्थायित्व सफलतामा पुगेको छ भने कतिपय देशहरुमा यसको असफलताको कारण नै प्रजा रुष्ट भएपछि शासन व्यवस्था नै परिवर्तन भएको छ । असल सोच असल शासक प्रजातन्त्रको स्थायित्वको कारण बन्न सक्दछन् भने भ्रष्टाचार तथा दमन गर्न शासक प्रजातन्त्रको असफलताको जड हुन सक्छन् । नेपाल कै उदाहरण लिने हो भने एकतन्त्रीय शासन तथा अनुत्तरदायी शासन कै कारण नेपाली जनता राजतन्त्रको विरुद्धमा लागेर अनावश्यक आन्दोलनका कारण उपलब्धी हासिल भई छाड्यो । अशान्ति तथा नाम मात्रको प्रजातन्त्र फलदायी हुँदैन । जनताले स्वतन्त्रताको महसुस गर्न पाउदैनन । त्यसैले शान्ति प्रजातन्त्रसँग जोडिएमा मात्र प्रजातन्त्र सबल तथा राम्रो हुन्छ, अन्यथा जुनसुकै शासन पनि हितकर हुन सक्छ, लाग्छ, जहाका प्रजा, जनता आफ्नो देशमा शान्ति चाहन्छन् । त्यहाँ सफलताले हात चुमेको हुन्छ । हामी पनि हाम्रो समाज, हाम्रो राष्ट्र शान्तिपूर्ण होस् भन्ने अपेक्षा गर्दछौं । जस्तो सुकै अवस्थामा पनि शान्तिको अपेक्षा गर्छाै । जहाँका जनता परिश्रमी र त्यागि छन् त्यहाँको शासन व्यवस्था सँग प्रजा सकारात्मक र खुसी देखिन्छन् । अर्थात् शासन जनताका पक्षमा छ, न्यायिक छ भने मात्र शान्ति सम्भव छ अन्यथा नाम मात्रको शासन व्यवस्थामा जुनसुकै तन्त्र पनि असफल र असम्भव हुन्छ । प्रजातन्त्र आफैमा राम्रो शासन व्यवस्था छ । अझ भनौं युद्ध बिनाको अर्थात शान्ति सहितको असल शासक, न्यायिक शासक भएको शासन व्यवस्था पो प्रजातन्त्र होइन भने के प्रजातन्त्र ? जसले एउटै रथ एउटा मात्र पाङ्ग्राको कुनै काम छैन त्यसै गरी शान्ति बिना प्रजातन्त्र पनि बेकामको हुन्छ । असफल देशको प्रजातन्त्रले प्रजातन्त्र भन्ने शब्दलाई खराब सावित गर्छ भने न्यायिक, जनपक्षीय, शान्तिपूर्ण प्रजातन्त्रले देशको सफल प्रजातन्त्रलाई असल शासनको रुपमा परिचय दिन्छ । शान्ति बिना प्रजातन्त्र निरर्थक छ । शान्ति छ भने मात्र यसको अर्थ छ अन्यथा व्यर्थ छ । शान्ति व्यक्तिको सोच हो । प्रजातान्त्रिक स्वतन्त्रताको आभास नै शान्ति हो भन्न सहिन्छ । विश्वमा द्वितीय विश्वयुद्धको अन्त्यसँगै बालबालिका तथा महिलाहरु माथि भएको थिचोमिचो र दर्दनाक अवस्थाको परिणाम स्वरुप शान्ति स्थापनार्थ UNO स्थापना सन् १९४५ अक्टोबर २४ मा भयो जसमा १९३ राष्ट्रहरु संलग्न छन् । जहाँका जनता पनि आफ्नो देशमा शान्ति होस्, भन्ने चाहन्छन् । देशमा शान्तिपूर्ण होस् भन्ने अपेक्षा गर्दछन् त्यसकारण नेपाली जनतालाई शान्तिको अनुभूति गराउन सन् १९५५ डिसेम्बर १४ मा नेपाल UNO को सदस्य बन्यो । नेपालको इतिहासलाई कोल्ट्याएर हेर्दा जहाँनीया राणा शासनको अन्त्य भएपछि २००७ साल फाल्गुन ०७ गते राजा, राजनीतिज्ञ र जनता बीचको त्रिपक्षीय वार्ताको परिणाम स्वरुप शान्ति र प्रजातन्त्रको उदय भएको पाइन्छ । २००७ सालमा स्थापित प्रजातन्त्रको जनताले अनुभूति गर्न पाउँदा नपाउँदै २०१७ सालमा राजा महेन्द्रबाट पञ्चायती व्यवस्थाको घोषणा भयो । फेरि जनताको स्वतन्त्रता खोसियो । पञ्चायती विरुद्धको लागि भन्दै २०३७ साल बैशाख २० मा जनमत संग्रह सम्पन्न भयो वि.सं. २०३७ जेठ १ मा जनमत संग्रहको नतिजा सार्वजनिक भयो । जसमा पञ्चायती व्यवस्थाको जीत र नेपाली जनताको हार भयो । जहाँको शासन व्यवस्था न्यायिक छैन जनताको पक्षमा छैन । स्वतन्त्रताको अनुभुत गर्न पाइदैन भने यो शासन व्यवस्था असम्भव र असफल हुन्छ । वि.सं. २०४६ साल फागुन ०७ पुन जनआन्दोलन शुरु भयो । ४९ दिनको जनआन्दोलन पश्चात् पञ्चायत व्यवस्थाको अन्त्य भई बहुदलीय शासन व्यवस्थाको अन्त्य भई बहुदलयीय शासन व्यवस्था स्थापना भएको घोषणा २०४६ साल चैत्र २७ राति ११ः०० बजे भयो । २०४७ सालमा नेपाल अधिराज्यको संविधान २०४७ घोषणा भयो । कार्यकारिणी अधिकारी मन्त्री परिषद्मा हुने व्यवस्थाको साथ साथै १३ ओटा मौलिक अधिकारको पनि व्यवस्था गरियो । २०५२ फागुन १ गते बाट माओवादी सशस्त्र द्वन्द्व सुरु भयो । १० वर्ष लामो सशस्त्र द्वन्द्वमा बालबालिकाको प्रयोग निकै गरियो। कैयौं अबोध बालबालिकको बालापन खोसिएको थियो ।द्वन्द्वले धेरै बालबालिकाहरुमा शारिरीक अपांगताका साथै दीर्घकालीन मानसिक असर समेत पुर्याएको थियो । यसरी बालबालिका स्वयं लडाकु बन्नुुका साथै विद्यालयहरू समेत युद्धभूमिको रूपमा प्रयोग हुन पुगेका थिए । जसका कारण उनीहरुको हक अधिकार प्रत्यक्षरुपमा हनन् हुन पुग्यो । २०६२/०६३ मा दुई पक्षीय जनआन्दोलनको परिणाम स्वरुप नै नेपालमा लोकतन्त्र स्थापना गणतन्त्रको स्थापना पश्चात देशको शासन सत्ता जनताको हातमा प¥यो । अनि मात्र नेपाली जनताले स्वतन्त्रताको आभाष गर्न पाए । नेपाली जनताले शान्ति पाए । नेपाल अहिले सम्म शान्ति राष्ट्र घोषणा भइसक्ने थियो । हुने प्रबल सम्भावना थियो । २०३१ साल फागुन ३१ गते नेपाललाई विश्व समक्ष शान्ति राष्ट्र घोषणा गर्न राजा विरेन्द्रले अथक प्रयास गरेका थिए । ११६ ओटा देशबाट स्वीकृत पाए पनि छिमेकी राष्ट्र भारतले अस्वीकार गरेपछि यो खेर गएको अवस्था छ । मुलुकलाई निरकुंश राणा शासन जहानिया शासनबाट मुक्त गराई प्रजातन्त्रको स्थापनादिन फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । यो दिवस पनि २०६२/०६३ को परिवर्तन पछि कुलदलको सरकार अनुसार मनाउने गरिएको छ । जसरी राष्ट्रिय एकता दिवस मनाउन पनि सामान्य औपचारिकतामा सीमित भइरहेको छ । आज भन्दा ६६ वर्षअघि प्राप्त प्रजातन्त्रको रक्षा हुन नसक्दा मुलुकले अझै जनअभिकार र जनजिविका सवालमा संघर्ष गरिरहनु परेको छ । हिजोको जहानीय राणा शासन देखि अहिले सम्म आइपुग्दा नेपाली जनताले पाएको स्वतन्त्रताको अनुभूति फरक वृहत छ । तर पनि अझै जनताको स्वतन्त्रता र शान्ति स्थापनाका लागि आन्दोलन नियमित छ । भगवान् गौतम बुद्धले विश्वव्यापी रुपमा शान्ति र अहिंसाको सन्देश लुम्बिनीमा जन्मिएर फैलाए । यहि शान्तिलाई अहिलेको समय सापेक्ष परिवर्तन गर्दै प्रजातन्त्रको मुलुभुत मान्यतालाई स्वीकार गरी लोकतान्त्रिक मान्यतालाई अग्रगामी बनाउनु हामी आम नेपालीको चाहना हो । शान्तिपूर्ण रुपमा जनताहरु आनन्द रम्न पाउने हाम्रो नैसर्गिक अधिकार हो । यसको हामी सबैले परिपालन गर्नु पर्दछ, आशा छ, निकट भविष्यमै संविधानसभामा निर्मित संविधानको सम्पूर्ण जनताले समर्थन गरी देशमा शान्ति पुननिर्माण र विकास कार्यको थालनी हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com