About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
गुल्मीमा आर्थिक बर्षको वार्षिक समिक्षा तथा नयाँ योजना तर्जुमा गोष्ठी सम्पन्न

Darpanpost बुधबार, भाद्र ०६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

गुल्मी, भदौ ६।

गुल्मी दरबार गाउँपालिका स्वास्थ्य शाखा गुल्मीको आयोजनामा गत आर्थिक बर्षको वार्षिक समिक्षा तथा नयाँ योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापाले स्वास्थ्य सम्बन्धी सम्पूर्ण कार्यक्रमको कार्यान्वयन सँगै जनचेतना अभिवृद्धिमा पूर्ण रुपमा खटिएको जानकारी गराउनु भयो । गोष्ठीमा गाउँपालिकाका सबै वडाका स्वास्थ्य संस्था प्रमुखहरुले गतबर्षको समस्टिगत गतिबिधि रोगका प्रकार नियन्त्रणका उपाय एवम स्वास्थ्य सम्बन्धी उपलब्धीमुलक तथ्यांक प्रस्तुत गर्नु भयो । कार्यक्रमका सहभागीहरुले रोग नियन्त्रणमा जनचेतना अग्रिम भूमिका हुने भन्दै अन्य नियमित कार्यक्रम सँगै जनचेतनालाई केन्द्रमा राखेर काम गर्न सकिए अपेक्षित उपलब्धी प्राप्त गर्न सहज हुनेमा जोड दिनु भयो । गोष्ठीमा गाउँपालिकाका जननिर्बाचित प्रतिनिधिहरु सबै वडाको अध्यक्ष तथा कार्यपालिका सदस्यहरु,स्वास्थ्यकर्मी,संचारकर्मी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सन्चालन तथा सहजीकरण गुल्मी दरबार गाउँपालिका स्वास्थ्य शाखा सम्योजक नारायण प्रसाद अर्यालको सन्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com