About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
नेपाल रेडक्रश शाखा कार्यालय नवलपुरको उद्घाटन

Darpanpost आइतबार, भाद्र ०३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

ज्ञानु पंगेनी,
नवलपरासी , ३ भदौ । नवलपरासी बर्दघाट सुस्ता पूर्व ( नवलपुरमा ) ७७ औ शाखाका रुपमा नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालयको आईतवार उद्घाटन गरिएको छ ।
कावासोती नगरपालिका आठ ज्ञानोदय टोलमा एक औपचारिक समारोहका बिच कार्यालयको नेपाल रेडक्रसका केन्द्रिय सभापती संजिव कुमार थापाले उद्घाटन गरेका हुन । कार्यालयमा रेडक्रसको झण्डा फराएर उद्घाटन गरिएको थियो । उद्घाटनपछि बोल्दै थापाले नया शाखा भएकाले यहा शुन्यबाट शुरु गर्नुपर्ने हुदा धेरै चुनौती र अवसर रहेको बताए । उनले तत्कालका लागि केन्द्रबाट एक सय जनालाई पुग्ने राहत सामाग्री भण्डारणका लागि पठाउने बताए । उनले नया जिल्ला पनि भएकाले कार्यालय व्यवस्थापनमा पनि केहि समस्याहरु हुुन सक्ने हुदा केन्द्रबाट सक्दो पहल गरिने र विषेसगरि यहाका स्थानीय तहसंगको समन्वय र सहयोग लिएर शाखालाई अगाडी बढाउन समेत थापाले जिल्लाका पदाधिकारीलाई आग्रह गरेका थिए ।
नेपाल रेडक्रस शाखा बर्दघाट सुस्ता पूर्वका तदर्थ समिती सभापती मदनभक्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय उपसभापती अजित कुमार सर्मा , उप महामन्त्रि हरि न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसैबिच आईतवारदेखि नै कावासोतीमा नवलपरासी दुवै जिल्लाको आयोजनामा दुई दिने रेडक्रस परिचयात्मक कार्यक्रम शुरु भएको छ ।
कार्यक्रममा नवलपरासी पूर्व र पश्चिम दुवै जिल्लाका रेडक्रसमा आबद्ध पदाधिकारी , सदस्यहरु , यसस्कर सदस्यहरु लगायतको सहभागिता रहेको छ । दुई दिनसम्म रेडक्रसले गरेका गतिविधी तथा काम कर्तव्य अधिकारीका वारेमा छलफल हुने नेपाल रेडक्रस शाखा कार्यालय नवलपुरका सचिव शशिधर कंडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com