About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
नवलपरासीको सुनवल नेपालकै पहिलो बालमैत्री नगरपालिका

Darpanpost शुक्रबार, भाद्र ०१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार
भदौ १ । नवलपरासीको सुनवल नगरपालिका नेपालकै पहिलो बाल मैत्री स्थानिय तह घोषणा हुने भएको छ । शुक्रबार सुनवल नगरपालिकाले भुमहीमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाल संघिय संरचनामा गइसके पछि पहिलो पटक स्थानिय तह बाल मैत्री घोषणा गर्न लागिएको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख भरत थापाले बालमैत्री शाषन सम्बन्धि निर्धारीत सुचकहरु पुरा गरी बालमैत्री नगरपालिका घोषणा गर्न लागिएको जानकारी दिनु भयो ।

पत्रकार सम्मेलनमा नगर प्रमुख थापाले भदौ ३ गते प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सुनवल नगरपालिकालाई नेपालकै पहिलो बाल मैत्री नगरपालिका घोषणा गर्ने कार्यक्रम रहेको जानकारी दिनु भयो । सुनवलन नगरपालिका वडा नम्बर १२ भुमहीमा रहेको जगन्नाथ माविमा एक औपचारीक कार्यक्रमका बिच उक्त घोषणा गरीने छ । बालबालिकाको अधिकार स्थापित नभए सम्म सम्बृद्ध नेपाल निर्माण सम्भव नभएको भन्दै सुनवल नगरपालिका बाल अधिकार स्थापित गर्न लागि परेको उहाको भनाई थियो ।

पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै मेयर थापाले बालमैत्री नगरको निरन्तर निरीक्षणका लागि समयन्त्र तयार पारीएको र यसमा बाल क्लब र आमा समुहको भुमिका प्रमुख हुने बताउनु भयो । साविकको सुनवल नगरपालिकालाई २०७२ जेठ ३२ गते बालमैत्री नगर घोषणा गरीएको थियो । राज्य पुर्न संरचनाका क्रममा केही बडाहरु थपिए पछि पुन ती वडाहरुको सुचक पुरा गरी पुन बालमैत्री नगर घोषणा गर्न लागिएको हो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com