About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
बुटवलमा नेपाली काँग्रेसले गर्यो करवृद्धिको बिरोध । (हेर्नु पूरा भिडियो )

Darpanpost शुक्रबार, भाद्र ०१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / १ भदौ , रुपन्देही । नेपाली काँग्रेस बुटवल उपमहानगरपालिका ले करवृद्धिदरको बिरोध मा शुक्रबार शक्ति प्रदर्शन गर्यो । बुटवल उपमहानगरपालिकाले ५ सय प्रतिशत सम्म गरेको करबृद्धिको बिरुद्धमा आज कांग्रेसले बुटवलमा शक्ति प्रदर्शन गर्दै करबृद्धि फिर्ताको माग गरेको हो । अस्पताललाइनबाट सयौको संख्यामा शुरु भएको नाराबाजी सहितको बिरोध र्याली नगर परिक्रमा गर्दै बुटवलउपमहानगरपालिकाको कार्यालयमा पुगेर गरेको थियो । कार्यँलयको मूल गेटमा प्रदर्शनकारी र सुरक्षाकर्मीबिच केहिबेर धकेलाधकेल समेत भएको थियो । कोणसभालाइ सम्बोधन गर्दै बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले जनताबाट निर्बाचित जनप्रतिनिधिले जनताको ढाड सेक्नेगरि गरेको कर बृद्धि बुटवलका जनताले नरुचाएको बताए । उनले करबृद्धि गर्नेपरे गतसालभन्दा १० देखि १५ प्रतिशत मात्रै गर्नुपर्ने बताए ।  बिगतमा १० हजार कर तिर्नेले अहिले ३५ हजार कर तिर्नु परेको भन्दै पार्टी कार्यालयमा कर बढेका प्रमाण सहितका गुनासा आएको उनले बताए । सभापति पाण्डेले जनताले तिर्न नसक्ने गरी त्यो पनि सरोकारवालाहरुसंग व्यापक छलफल बिना अत्यधिक कर बढाएकाले बाध्य भएर सडकमा उत्रिनु परेको बताए । पाण्डेले भने—‘बढेको कर फिर्ता नलिएसम्म आन्दोलन रोकिदैन हुदैन,हामी झन् शशक्त भएर अघि बढ्छौं ।’ उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुरेन्द्र श्रेष्ठले निर्बाचित ले देश विकास गर्ने भन्दापनि देशका जनता लाई कर वृद्धि गरेर जनतालाई दुख दिएको बताए ।

 

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com