About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
२०७५ सालको भाद्र महिनाको राशीफल

Darpanpost शुक्रबार, भाद्र ०१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मेष – व्यापारमा लाभमिल्ने योग रहेको छ । धार्मिकस्थलको यात्रा हुनुका साथै , घरपरिवारको कारण मानसिक तनावहरु आउने छ , विश्वास पात्रबाट घातहुने भएको हुँदा होसियारीका साथ काम गर्नुहोला शैक्षिकप्रगति हुनेछ । सानातिना दुर्घटनाहुनेछ , जागिरबाट मानसम्मानप्राप्त मिल्नेछ । , आर्थिक सुधार हुने , पराक्रममा बृद्धि तथा साँस्कृतिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । यो महिनाका लागी शुभ अक.,८ हरियो रग. ,उत्तर दिशा शुभरहेको छ ।

बृष – पारिवारिक काम काजले तनाव हुने छ । आँखाको समस्या आउन सक्छ । कृषिबाट फाइदा मिल्ने छ । यात्रामा कष्टहुने छ ,परिवारका सदस्यनै विरोधी हुने हुँदा होसियारीमा काम गर्नु होला शत्रुपक्ष पराजित हुने छन् । विद्याआर्जमा कमी माया प्रेमकोप्रसंग मात्र चल्ने छ । शुभअकं १ ,३ , पश्चिम दिशा र सेतो रगं शुभरहेको छ ।

मिथुन – भविष्यको चिन्ताको साथ साथै मानप्रतिष्ठामा आँच आउने छ । जागिरमा असन्तुष्टिमिल्ने छ । परिश्रमधेरै गरेपनि सफलता मिल्ने छैन् ,नराम्रो कर्ममा मनजाने छ , बोलिमा विचार पुराउनुहोला ,व्यापारमा नोक्सानी हुनेछ , विरोधीहरु सक्रिय हुनेछन् जग्गा जमिनको कारोबारमा फाईदा मिल्नेछ । रोकिएको धन सम्पत्ति मिल्नेछ । यो महिनाको लागी शुभअकं ५ मिश्रीत रगं र पश्चिम दिशा शुभरहेको छ ।

कर्कट – यात्रा रमाईलो तथा शैक्षिक प्रगति हुनेछ । स्वास्थ्यमा सुधार एवं प्रेमप्रसङ्ग आऊनुका साथै परीवारबाट नै असमती आउने योग छ बिचार पुराएर काम गर्नुहोला । व्यापारमा प्रगति तथा नयाँ कामको सुरुवात हुनेछ । जिम्बेवारीको काममा शत्रुलाग्नेछन् । बोलिलाई नियन्त्रण गर्नु होला , यो महिनाका लागी शुभ अकं २, ६ निलो रगं र पुर्वदिशा शुभरहेको छ ।

सिंह – खर्चमा वृद्घि भएता पनि आम्दानीले पुरा गराउने छ भोजभतेरमा सहभागी हुनु पर्ने छ । प्रेम प्रस्ताव तथा पुनर्मिलनको प्रस्तावआउन सक्छ ,अचलसम्पत्तिको दुरपयोग,मिष्ठान्न परिकारको प्राप्ती हुनुका साथै इष्टमित्रहरुले तपाईबाट फाइदालिने छन् । बैदेशिक कामकाजको लागी दौडधुपमात्र हुनेछ । यो महिनाका लागी शुभअकं ९ खैरोरगं ,दक्षिण दिशा शुभरहेको छ ।

कन्या – भविष्यको चिन्ता तथा मनमा संका आउने योग रहेको छ ,अन्यव्यक्तिको मन जित्न समय एवं धेरै परिश्रम गर्नु पर्ने छ । शैक्षिकस्तरमा परिर्वतन साथीभाईको कारण यात्रामा कठिन हुनेछ । दाम्पत्य जिवनमा अरुको कारण बिवाद आउन सक्छ । मावली तथा ससुरालीको कारण अपमान हुनुपर्ला यो महिनाको लागी शुभअकं ,३ कालो रगं उत्तर दिशा शुभहुनेछ ।

तुला – कार्यमा केहि बाधा आउन सक्छ , धेरै दौड्भागको काम हुने छ । पशुचौपायबाट खासै फाइदा नभएपनि व्यापरमा लाभ मिल्नेछ । राज्यस्तरबाट सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिसँग भेटघाट हुनुकासथै बैदेशिक यात्राको समय आएको छ । पे्रमप्रस्ताव तथा नयाँ साथी बन्ने योग रहेकोछ । यो महिनाको लागी शुभ अकं २ शुभ रगं निलो पश्चिम दिशा शुभरहेको छ । ध

बृश्चिक — बिनाकारण सामाजिक जिम्बेवारीहुनेछ । सन्तानले कष्टदिनेछन् । आम्दानीमा कमी , वैदेशिकयात्रा नराम्रो हुनेछ । धेरै योजनाहरु बन्नेछन् तर सफल हुने छैन् । परिवारले साथदिने छैनन् । शत्रु पक्षबाट होसियारी हुनुहोला , कमिशन युक्त कार्यमा सहभागी मात्र हुनेछ । शुभ अक. ४ , पहेलो रगं एवं दक्षिण दिशा शुभरहेको छ ।

धनु – ऋणमा वृद्धि हुनेछ । वैदेशिक क्षेत्रमा अवरोध आउनेछ । पारिवारीक अशान्ति तथा स्वास्थ्यमा समस्या आउनेछ । यात्रामा रमाइलो हुनुका साथै शैक्षिकपक्ष सवल रहेको छ । पैतृक सम्पतिको दुरुपयोग हुने सम्भावना रहेकोछ । खानपिनमा बिचार पुराउनुहोला स्वास्थ्यमा समस्या आउनेछ । यो महिनाका लागी शुभअकं ९ शुभ रगं रातो पश्चिम दिशा शुभरहेको छ ।

मकर — दाम्पत्य जिवनमा बिवाद हुनेछ । शैक्षिक स्तरमा सफलता हुनेछ । राज्नीतिमा खासैराम्रो छैन् ,स्मरण शक्तिमा कमि आउने छ । गृहेणीहरुले घरपरिवारको सेवामा व्यस्त हुनुपर्ने छ ,औद्योगिक कार्य र निर्माण कार्यमा ढिलासुस्ती हुनेछ , व्यापारमा भने लाभ मिल्नेछ । खरिदबिक्रको समय आएको छ । यो महिनाका लागी शुभ अकं ३ , रगं रातो पश्चिम दिशा शुभरहेको छ ।

कुम्भ — शारीरिक पीडा आउने छ । नयाँकामको सु्रुवात हुने छ । व्यापारमा सफलता, शैक्षिक प्रगति,लाभदायिकयात्रा एवं पारिवारीक समस्या आउन सक्छ । मित्रहरुबाट नै धोखा हुने हुदाँ होसियार हुनु होला । बोलिको प्रभावले महत्वपूर्ण काम सम्पन्न हुने छ । यो महिनाका लागी शुभअकं ७ , निलोरगं ,दक्षिण दिशा शुभरहेको छ ।

मिन — पशुचौपायबाट फाइदा मिल्नेछ । स्थान परिवर्तन तथा जागिर ,व्यवसायमा राम्रो हुनेछ । आत्मबल बढेर जाने एवं बैदेशिक क्षेत्रबाट राम्रै हुने छ । शैक्षिक मार्ग मजबुत बन्ने मित्रता प्रेममा परिवर्तन हुने छ । घरपरिवारले कुरा काट्ने छन् । संगित तथा कलासाहित्यको क्षेत्रमा सफल्ता मिल्नेछ । बैदेशिह यात्राको लागी परिश्रम गर्नु पर्ला यो महिनाका लागी शुभ अक. , ४ सेतोरगं , पुर्वदिशा शुभरहेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com