टंक सुनार
साउन ३१ । देवदह नगर प्रमुख हिरा बहादुर खत्रीले शहरी बिकासको बारेमा छलफल सुरु भएको बताउनु भएको छ । सहरी बिकास मन्त्रालयको योजना अनुरुप नगरपालिकाका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि र सरोकार वालाहरु संग छलफल थालिएको उहाले जानकारी दिनु भयो । बिहिबार रुपन्देहीको देवदहमा ऐतिहासिक नागथान मन्दिर क्षेत्र संरक्षण समितीको तेस्रो साधारण सभालाई सम्बोधन गर्दै प्रमुख खत्रीले आवश्यकताको पहिचान गरेर त्यसको आधारमा विकास निर्माण कार्यहरु गरीने बताउनु भयो ।
नगर प्रमुख खत्रीले नगरपालिकाले प्रमुख गरी उत्पादन मुलक क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरीरहेको बताउनु भयो । तरकारी खेती र दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न कार्यक्रम ल्याएको बताउँदै यसबाट युवा र किसान लाभान्वित हुने विश्वास ब्यक्त गर्नु भयो । कृर्षि पेशालाई सम्मानित पेशाका रुपमा विकास गराउन उत्पादन मुलक क्षेत्र निर्धारण गर्नु पर्नेमा उहाले जोड दिनु भयो । देवदह क्षेत्र ऐतिहासिक क्षेत्र भएकाले यस क्षेत्रमा रहेका ऐतिहासिक देवदह ताल , पाकरी बृक्ष, खयर डाडा लगायतका क्षेत्रको बृहतर विकास गरी पर्यटक भित्राउन सकिने उहाको भनाई थियो ।