गायिका रेनुका पौडेलको स्वरमा रहेको तिज गीत ‘नाच मेरी आमा’को भिडियो सार्वजनिक भएको छ । जिज्ञासु पौडेलको शब्द तथा संगीत रहेको गीत ‘नाच मेरी आमा’ युट्युब च्यानल म्युजिक नेपाल मार्फत सार्वजनिक भएको हो । आमा ले सधैं भरी छोराछोरीको लागि दु:ख गरिराख्नु पर्ने भएकोले तिजमा सबै दु:ख भुलेर छम छम नाच्न एक छोरीले आफ्नो आमालाई आग्रह गरेको गीत निकै मन छुने खालको बनेको छ ।
गीतको भिडियो लाई कलाकार सानु पाण्डेयले निर्देशन् गरेकी छन । महेश महराको छायान्कन रहेको गीत को भिडियोमा चेतन सागरको सम्पादन रहेको छ । भिडियोमा सानु र सिताको अभिनय रहेको छ ।