About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
भदौ १ गते देखि नयाँ कानुन लागु हुदै

Darpanpost बुधबार, साउन ३०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

देवी भण्डारी,

घोराही ३० साउन । दाङ देउखुरी जिल्ला अदालत दाङमा मुलुकी ऐन कानुन सम्वन्धी सार्वजनीक सचेतना कार्यक्रम बुधवार सम्पन्न भएको छ । दाङ देउखुरी जिल्ला अदालत दाङ तथा नेपाल पत्रकार महासंघ दाङको सयुतm आयोजनामा भएको उक्त कार्यक्रममा आगामी भदौ १ गते देखि लागु हुन लागेका कानुन हरुको वारेमा जानकारी गराइएको थियो । कार्यक्रममा जिल्ला न्यायधिस हेमन्त रावलले कानुनहरुको वारेमा जानकारी दिएका थिए । उनले विभिन्न छरिएर रहेका कानुनलाई संहिताले जोडेकोे बताए । कानुन प्रणाली समय अनुकुल , बैज्ञानीक र आधुनीक बनेको उनको भनाई छ ।

अहिले संम्म १३ प्रकारका कानुन खारेज गरेको भन्दै अहिले भएको कानुले सजाएको दर बढाएको बताए । यातना दिएर मान्छे मारेमा , खाद्यवस्तुमा विष मिसाएर मारेमा आजिवन कारावास हुने नया कानुन रहेको उनले जानकारी दिए ।

सरकाले तोकेका विभुतीहरुको अपमान गरेमा पनि कानुन लाग्ने तथा बैध विवाहमा केही दाईजो नलगी पछि धम्काउनेलाई पनि ५ वर्ष कैद तथा जरिवानाको व्यवस्था गरिएको छ ।

साथै हाड नाता, जवरजस्ती करण्ी वात भएको गर्भ पतन गराउने व्यवस्था पनि कानुनमा रहेको छ । व्यतीको हेलचक्राईबाट अङग भङ भएका पनि कैद तथा जरिवानाको व्यवस्था गरेको छ ।

यसैगरि कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सल्लाहर सुदीप गौतमले भदौ एक गते देखि लागु हुने मुलुकी ऐनले पत्रकारीतामा के प्रभाव पार्न सक्छ ? भन्ने बिषयमा जानकारी गराएका थिए । जिल्ला न्यायधिस इश्वरी प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासघंका सचिव भुपेन्द्र वलिले गरेका थिए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com