About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
बन्दको प्रभाव बुटवलमा पनि, रुपन्देहीमा अहिलेसम्म ३ वटा गाडीमाथि आगजनी र बम प्रहार भएको छ ।

Darpanpost मंगलबार, साउन २९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / २९ साउन, बुटवल ।  आज विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका कारण देशैभर प्रभाव परेको छ । प्रदेश नम्बर ५ को राजधानी बुटवल बजारमा  पनि बिहानै  नेपाल बन्द को प्रभाव परेको छ । विभिन्न ठाउँमा बम विस्फोट पनि भइरहेको छ । एता बुटवलको बुटवलस्थित भारतीय पेन्सन क्याम्पमा शक्तिशाली बम विस्फोट भएको छ । बिस्फोटबाट क्याम्पको शौचालयमा क्षति पुगेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिल्लीवहादुर मल्लले घटनाको पुष्टि गरेका छन् । विस्फोटबाट मानवीय क्षति नभएको उनले बताए । विस्फोटको आवाज बुटवल बजारसम्म फैलिएको स्थानीयले बताएका छन् । डिएसपी मल्लका अनुसार विस्फोट कसले गराएको हो भन्ने बारे अनुसन्धान भइरहेको बताएका छन् ।
त्यसैगरी पाल्पाको दोभान प्रहरी चौकी नजिकै ट्याक्सीमाथि पेट्रोल बम प्रहार भएको छ भने तानसेन बजार बन्दले पुरै प्रभावित भएको छ ।

रुपन्देहीको सैनामैना चोकमा शंकास्पद बस्तु फेला परेको छ भने रामापुरमा बम प्रहार भएको छ । बेलवासको शिवालय चोकमा पश्चिमबाट आउदै गरेको ट्रकलाई लक्षित गरी बम प्रहार भएको छ । रुपन्देहीमा अहिलेसम्म ३ वटा गाडीमाथि आगजनी र बम प्रहार भएको छ । नवलपुरमा दुई वटा ट्रकमाथि बम प्रहार भएको छ । गुल्मीमा ४ स्थानमा मसाल जुलुस सम्पन्न भएको बताइएको छ ।

नेकपाले आफ्ना नेता कार्यकर्ताहरु गिरफ्तारी गरेको भन्दै बन्द आब्हान गरेको हो   ।

बुटवलमा भने कार्यकर्ता विन नै बन्द भएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com