अमृत भट्टराई /-२९ साउन,रुपन्देही । जिल्लाको पश्चिमी भागमा पर्ने सैनामैनामा नगरपालिका स्थिति – बुद्धनगरमा आज बिहानै एक शंकास्पद वस्तु देखिकोआज नेकपा को बन्द भनिएको बेला शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित भएका छन् ।
बिहान करिब ५ बजे तिरको समयमा पुर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैना नगरपालिका वडा नम्बर ५ स्थित बुद्धनगरको एक पुलमा शंकास्पद बस्तु देखिएको हो उक्त शंकास्पद वस्तु देखेपछि स्थानीय बासिन्दाले ईलाका प्रहरी कार्यालय सालझण्डीलाई जानकारी दिएका थिए ।
प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक दिपेश बस्याललका अनुसार विहान ५ वजे तिर उक्त शंकास्पद वस्तु कसैले राखेको बताउनुभयो ।अहिले नेपाली सेनाको टोली उक्त स्थानमा आइसकेको छ ।
प्रहरीका अनुसार उक्त शंकास्पद वस्तु नेकपा का कार्यकर्ताले जनता त्रसित गराउन राखेको अनुमान लगाएको छ ।