पर्वत फलेवास । पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँमा नयाँ सहकारी संस्था स्थापना भएको छ । खानिगाउंमा गठित विभिन्न ८ समुहको सक्रियतामा खानिगाउं युवा महिला बचत तथा सहकारी संस्था स्थापना गरिएको हो ।प्लान इन्टरनेशनल नेपालको आर्थीक सहयोगमा इनप्रेड नेपालद्धारा सन्चालित युवा महिला शसक्तिकरण परियोजना अन्र्तगत फलेवास नगरपालिका ५ खानीगाउँमा गठित खानीगाउँ युवा महिला संजालले उक्त सहकारी संस्था स्थापना गरी सन्चालन गर्ने भएको हो । युवा महिलाहरुले समुहमा जम्मा गरेको रकमलाई सही तरिकाले व्यावस्थापन र परिचालन गर्न तथा महिलाहरुको आर्थिक अवस्थालाई सुुद्धिढ गराउने उद्देश्यले सहकारी संस्था स्थापना गरिएको उक्त संस्थाकी सचिव लिवियाना चौहानले जानकारी दिनुभयो ।महिलाहरुले विभिन्न आयआर्जन गरि कमाएको पैसा थोरै भए पनि बचत गर्ने बानिको बिकास गराइ आफुलाई समस्या पर्दा निकाल्न सकिने र अरुलाई समस्या पर्दा पनि ऋण पनि प्रदान गरिने उहाँले बताउनुभयो । सहकारी संचालन गर्नको लागि विभिन्न कार्यसमिति गठन गरिएको छ ।हेमादेवि नेपालीको अध्यक्षतामा ९ सदस्य कार्यसमिति गठन गरिएको छ ।जसको उपाध्यक्ष बबिता जिसि, सचीव लिवियाना चौहान, सहसचिव रन्जु सुवेदी, कोषाध्यक्ष प्रतिभा नेलाली र सदस्यहरुमा सुकमाया नेपाली, सजना कुवर, ज्योति सुनार, अनिता पौडेल सुवेदी लगायत रहनुभएको छ ।त्यस्तै लेखा समितिमा संयोजक सजना कुवंर सदस्यहरुमा मनिसा सुनार र बिनिता पौडेल रहेका छन ।त्यसैगरी विनियम मसौदा निर्माण समितिमा संयोजक निर्मला तिवारी, सदस्यहरुमा सविना सुनार, सुनुदेवी सुनार, सुकमाया नेपाली, रन्जु सुवेदी कार्ययोजना समितीमा संयोजक लिवियाना चौहान, सदस्यहरुमा सम्झाना दर्जी, सविता थापा बि।क, संगिता केशी र अस्मिता नेपाली रहनु भएको छ । सहकारीले प्रती शेयर रु १ सय र प्रवेश शुल्क रु ५० लिने निर्णय गरेको छ ।सहकारीको कार्यक्षेत्र फलेवास ५ खानिगाउं रहने बताइएको छ ।