About Contact
१० आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
साउन २९ गते (मंगलबार ) नेपाल बन्द ।( कारण र विज्ञप्ति सहित )

Darpanpost शुक्रबार, साउन २५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / २५ साउन, रुपन्देही । नेकपाले शुक्रबार  साउन २५ गतेदेखि     केपी वली–पुष्पकमल दाहाल सरकारले जनतालाई र आफ््नो  नेकपाका प्रवक्ता एवम् स्थायी समिति सदस्य प्रकाण्डलाई मङ्गलबार बेलुका ७ः३० बजे काठमाडौँको दक्षिणकालीबाट गिरफ्तार गरेको विरोधमा शुक्रबार देशव्यापी कोणसभा सँगै आफ्नो कार्यक्रम शुरु गरेको छ ।  एता रुपन्देही मा पनि नेकपाका कार्यकर्ताले शुक्रबार देशव्यापी कोणसभा सँग साउन २९ को बन्द कार्य सफल पार्न आफ्नो कार्यकर्ता लाई पुण तयारी सँग बस्न आग्रह समेत गरेको छ।

  1. बोली सरकारले नेकपाका  हरिश्चन्द्र आचार्य र अर्का सहयोगीलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । नेकपाले प्रवक्ता प्रकाण्डसहित तीनैजनाको गिरफ्तारीको भत्र्सना गर्दै प्रतिरोधात्मक सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेर यही साउन २९ गते मङ्गलबार नेपाल बन्द घोषणा गरेको छ । नेकपाका महासचिव विप्लवले बुधबार विज्ञप्ति जारी गर्दै दमनले प्रतिरोध जन्माउने र त्यसले दमनकारी शासकहरूको अन्त्य गर्ने पनि जनाउनुभएको छ । पार्टी प्रवक्ताको गिरफ्तारीपछि अविचलित रही आआफ्नो जिम्मेवारीमा डटिरहन महासचिव विप्लवले सबै नेता र कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको छ । विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ ः
    हिजो बेलुका ७ः३० बजे काठमाडौँको दक्षिणकालीबाट हाम्रो पार्टीका स्थायी समितिका सदस्य तथा प्रवक्ता प्रकाण्डसहित तीनजनालाई केपी–प्रचण्ड सरकारले बिनाकारण गिरफ्तार गरेको छ । सम्पूर्ण राजनीतिक मूल्यमान्यता मिच्दै गरिएको यो गिरफ्तारीको पार्टी घोर भत्र्सना गर्दछ । हाम्रो पार्टी राजनीतिक विचारका आधारमा गरिएको कायरतापूर्ण गिरफ्तारी बन्द गर्न, गिरफ्तार कमरेड प्रकाण्ड, पीबीएम कमरेडहरू, सीसीएम कमरेडहरूलगायत सबै कमरेडहरूलाई बिनासर्त रिहा गर्न जोडदार माग गर्दछ । अन्यथा पार्टी फासिवादी दमनको सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छ । त्यसबाट निस्कने परिस्थितिको यो सरकार नै जबाफदेही रहनेछ । केपी सरकारले राजनीतिक अधिकारमाथि एकपछि अर्को गर्दै प्रतिबन्ध लगाउँदै गएको छ । सरकारको यो रबैयाको कडा प्रतिवाद गर्न पनि हाम्रो पार्टी नेपालका सबै सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिलाई आह्वान गर्दछ । हाम्रो पार्टी नेपाली जनताको अपूरो राजनीतिक अधिकार पूरा गर्ने अभियानमा रहेको छ । हाम्रो पार्टी यो अभियानलाई कुल्चने, दमन गरेर सिध्याउने दुःस्वप्न नदेख्न चेतावनी दिन चाहन्छ । इतिहासले पुष्टि गरेको सत्य के हो भने दमनले प्रतिरोध जन्माउँछ र जनतामाथि लूट मच्चाउनेहरूको स्वर्ग ध्वस्त हुन्छ । दमनले भीषण सङ्घर्ष निम्त्याउँछ । दमनको बाटो भनेको पराजयको बाटो हो भन्ने यो सरकारले बुझिराखे हुन्छ । यो दमनले हामी एकरत्ति पनि विचलित भएका छैनौँ । सबै कमरेड, समर्थक र शुभचिन्तकलाई आफ्नो क्षेत्रमा डटिरहन अनुरोध गरिन्छ । त्यसैले तुरुन्तै प्रतिरोधात्मक कार्यक्रम सार्वजनिक गरिएको छ ः
    २०७५ साउन २५ गते देशव्यापी कोणसभा
    २०७५ साउन २६ गते विरोधसभा
    २०७५ साउन २७ गते भण्डाफोर
    २०७५ साउन २८ गते मशालजुलुस
    २०७५ साउन २९ गते नेपाल बन्द

यो कार्यक्रममा सँग साउन २९ गते नेपालीकाा  ७ प्रदेश  बन्द आह्वान गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
लुट कान्छा लुट भत्ताको नाममा रामग्राममै छ छुट ।
राहत शिक्षकहरुले काठमाडौंमा बिरोध प्रदर्शन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com