About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
प्रहरीले नै कुटपिट गरे श्रीमतीलाई दाइजो नलिआएको भन्दै ।

Darpanpost बिहिबार, साउन २४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / २४ साउन, रुपन्देही ।  देश र जनताको सेवा गर्ने कसम खाएर देश सेवक भनेका प्रहरीले नै दाइजो नलिएको भन्दै आफ्नो श्रीमतीलाई कुटपिट गरेको खबर बाहिरको छ ।

पछिल्लो समय नेपालीको तराईका जिल्ला मा दाइजो का कारण कति महिलालाई यातना दिने , घर निकाला गर्ने  , कुटपिट गर्ने विषय बढ्दै गएको देखिएको छ । देशमा दाइजो प्रथा विरुद्धमा धेरै संघसंस्था भएपनि  महिलालाई कुटपिट गर्ने यातना दिने , घरनिकाल्ला गर्ने चलाउन मा भने केही पनि परिवर्तन आएको पाइदैन । एता  रुपन्देही कोटहिमाइ गाउँपालिका–१ सिपवाका लोकेन्द्र नाउले दाइजो नल्याएको निहुँमा २१ वर्षीय श्रीमती प्रियङका नाउलाई निर्घात कुटपिट गरेका हुन् ।

प्रियङ्काका बुवाले छोरीको विवाह गर्दा एक लाख नगद, एउटा मोटरसाइकल दाइजो दिए पनि पर्याप्त दाइजो नल्याएको भन्दै प्रहरी जवान नाउले श्रीमतीलाई कुटपिट गरि घाइते बनाएका हुन् ।

इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी सहायक निरीक्षक सन्तोष बुढाथोकीका अनुसार श्रीमती कुटपिट र यातनाको उजुरी कार्यालयमा आएको छ । यस विषयमा अनुसन्धान भइरहेको छ र यसमा को बारेमा अनुसन्धान बाट दोषी ठहर भएपछि कारबाही गर्ने प्रहरीले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com