दर्पण पोस्ट / २४ साउन , काठमाडौ । कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि कोरिएन भाषा परीक्षा भदौमा सञ्चालन हुने भएको छ ।
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले बुधबार एक सूचना जारी गर्दै आगामी भदौ ८ गतेदेखि कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष परीक्षा CBT सञ्चालन गर्ने जनाएको हो । शाखाले पहिलो चरणको कम्प्युटरमा आधारित भाषा परीक्षा गत वैशाख १७ गते सञ्चालन गरेको थियो ।