About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
पत्र लेखेर बेपत्ता भएका पर्वतका शिक्षक मृत्यु अवस्थामा भेटिए ।

Darpanpost बुधबार, साउन २३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण पोस्ट / २३ पर्वत ।  कुश्मा नगरपालिका वडा नम्बर ९ मा रहेको अलपेश्वर गुफाको सबैभन्दा तल्लो भागमा बुधबार दिउँसो ६ दिनपछि  प्रअ पौडेल मृत अवस्थामा भेटिएका हुन् । बिहान पूजापाठ गर्न भन्दै मन्दिर गएका पौडेल साउन १८ गते शुक्रबार बिहानदेखि बेपत्ता भएका थिए ।

अलपेश्वर गुफाभित्र उनले कम्मरमा बाँध्दै आएको पटुकी भेटिएपछि आफन्त र प्रहरीले खोजी गर्ने क्रममा गुफाको सबैभन्दा तल्लो भागमा ढुंगामा अड्किएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मृतक पौडेलको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी भएको छ । करिव ३८ वर्ष शिक्षण गरेका पौडेल १७ वर्षदेखि हरि प्राथमिक विद्यालयमा पढाउँदै आएका थिए । उनी बेपत्ता भएपछि प्रहरी र आफन्तले खोजी गर्दै आएका थिए ।

मृतक पौडेलले अन्तिम पत्र भनेर घरमा लेखेर छाडेको पत्रमा छोराछोरीलाई राम्रोसँग पढाउन नसकेको तथा जीवनमा केही गर्न नसकेको  लेखेका थिए ।  बेपत्ता शिक्षक पौडेलका १ छोरा र १ छोरी छन् । छोरा वैदेशिक रोजगारका शिलशिलामा दुबईमा रहँदै आएका छन् भने छोरीको विवाह  भइसकेको छ

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com