बागलुङ, २३ साउन २०७५ ।
जिल्लाको दक्षिणीभेगमा अवस्थित जैमिनी नगरपालिकाले आजबाट इ–हाजिरी सुरु गरेको छ । विगतका दिनहरुमा रजिस्टरमा हाजिर गर्दै आएका नगरपालिकाका कर्मचारीले आजदेखी इ–हाजिरी गरेका छन् । अहिलेको जमाना प्रविधीको जमाना भैसकेकाले आफुहरुले पनि प्रविधीको उपयोग गर्दै सेवाग्राहीका लागी चुस्त रुपमा सेवा प्रवाहका लागि इ–हाजिरी प्रणाली सञ्चालन गरिएको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिस्नु प्रसाद सुवेदीले बताउनुभयो । बिभिन्न बहाना बाजीमा कार्यलय ढिलो आउने र चाडो जाने प्रबृत्ती नआओस् भन्नका लागि पनि यसले महत्वपुर्ण भुमिका निर्वाह गर्ने सुवेदीको विश्वास छ ।
इ–हाजिरी प्रणाली सुरु भएपछि आफुहरुलाइ पनि काममा सहजता आउने कर्मचारीहरुले विश्वास लिएका छन् । अधिकृत सुवेदीले हाजिर गरेर शुभारम्भ गर्नुभएको इ–हाजिरी प्रणालीले नगरपालिकाको काम र कर्तव्यमा पनि अझै पारदर्शीता हुने सेवाग्रहीहरुले बताएका छन् । आफुहरु एउटा जागिर खाने कर्मचारीको हैसियतमा मात्र नभै सेवा प्रवाहको तर्फबाट पनि हरदम तयार रहेकाले जनताले विस्वास गर्न सक्ने वातावरण शिर्जना गरिरहेको अधिकृत सुवेदीको भनाइ छ ।