About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
चितवनमा बस र ट्रक एकआपसमा ठोकिदा चार को मृत्यु ।

Darpanpost बुधबार, साउन २३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण पोस्ट / २३ साउन  चितवन । चितवनमा बस र ट्रक ठोक्किँदा ४ जनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत चितवनको  रत्ननगर नगरपालिका–१०, भानुचोकमा गएराति पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख ५९४१ नम्बरको ट्रक र काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको मकालु यातायातको ना ६ ख १७४१ नंम्बरको बस एकापसमा ठोक्किँदा  दुर्घटना भएको हो ।  दुर्घटनामा परी मृत्यु हुनेमा रौतहट चन्द्रनिगापुर का ट्रक चालक ३४ वर्षीय मोहन घिसिङ, सोही ठाउँका ट्रकका सहचालक ३० वर्षीय बुद्धिमान लामा, बसमा सवार काठमाडौँ थानकोटका ४८ वर्षीय विष्णुप्रसाद थापा र ताप्लेजुङ खुम्लिङ नगरपालिका– १ का ४२ वर्षीया तारा बराल रहेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।  घाइतेमध्ये १३ जनाको चितवन स्थित पुरानो मेडिकल कलेजमा र चार जनाको चितवन मेडिकल कलेमा उपचार भइरहेको छ ।  मृतक चारै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com