About Contact
२२ मंसिर २०७९, बिहिबार
Close
बिज्ञापन
सन्देशमुलक तीज गीत लिएर आइन सञ्चारकर्मी गीता ।

Darpanpost मंगलबार, साउन २२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

सन्देशमुलक तीज गीत लिएर आइन गीता

सञ्चारकर्मी गीताको शब्द र सारिकाको स्वरमा एतै घमाइलो उतै घमाइलो

एतै घमाइलो उतै घमाइलो भन्दै आइन गीता

नेपालका पहिलो नायिकाहरु अभिनित गीताको तीज गीत सार्वजनिक

गीताको तीज गीतमा नेपालका पहिलो नायिकाहरुले मर्काए कम्मर

चेलीहरुलाई गीत मार्फत दुःख परि नमान्न गीताको आग्रह

चैत्यदेवी, भुवन चन्द, बसुन्धरा भुसाल, रुपा राना, सारिका घिमिरेले कम्मर मर्काएको तीज गीत सार्वजनिक

काठमाडौं,
नेपाली महिलाहरुको महान् चार्डको उपमा पाएको तीजको अर्को पक्ष भनेको गीत सङ्गीत हो । यसैलाई लक्षित गरि विभिन्न स्रजकहरुले तीज गीतहरु बजारमा ल्याइ रहेका छन् यतिवेला । यसै मेसोमा सञ्चारकर्मी गीता अधिकारीको ‘एतै घमाइलो उतै घमाइलो’ तीज गीत सार्वजनिक भएको छ । राजधानीमा सोमबार एक विशेष कार्यक्रमको आयोजना गरि मिलापको प्रस्तुति रहेको तीज गीत ‘एतै घमाइलो उतै घमाइलो’ सार्वजनिक गरिएको हो ।
नेपालको पहिलो महिला सभामुख ओनसरी घर्तीको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको कार्यक्रममा गीत निर्माणमा सहयोग पुर्याउँने विभिन्न व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा घर्तीले गीतको तारिफ गर्दै उनले सबै महिलाकाहरुको नेतृत्व गर्दै जागरण सम्बन्धि तीज गीत साथै सन्देश मुलक तीज गीत ल्याएको बताइन । त्यस्तै नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शान्तराम विडारी, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय, बरिष्ठ कलाकार मोहन निरौला, लय संग्रौला, उत्तम केसी, सङ्गीतकार राजु सिंहलगायतले शुभकामना मन्तव्य दिएका थिए । सञ्चारकर्मी राधिका अधिकारीले सहजीकरण गरेको कार्यक्रममा गीतकार गीता अधिकारीले आफूले पहिला पनि गीत, कविता लेख्दै आएको भए पनि आफ्नो यो पहिलो तीज गीत हो भन्दै सबैको साथ सहयोग पाउँनेमा आफू आशावादी रहेको बताइन् । कला, साहित्य र सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको आयोजना मिलापले गरेको थियो ।
गीतको भिडियोमा नेपालको पहिलो नायिका भुवन चन्द, नेपालको पहिलो रङ्गीन चलचित्रको नायिका चैत्यदेवी, हास्य सम्राज्ञी बसुन्धरा भुसाल, नायिका रुपा राना, सारिका घिमिरेलगायतकाको अभिनय रहेको छ ।
सारिका घिमिरेको स्वरमा रहेको गीतमा दीपक शर्माको सङ्गीत, सुदिप सागरको सङ्गीत संयोजन, साजन शाहको ध्वनी मिश्रण रहेको गीतको भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन भने वीरेन्द्र भाट ‘विपिन’को छायाँकन÷सम्पादन रहेको छ ।
वल्र्ड कभर मिडिया प्रा.लि.को पोष्ट प्रोडक्सन रहेको गीतको भिडियोमा मनिता गहतराजको नृत्य निर्देशन, राम सिंह भाटको सह सम्पादन, विनोद दाहालको श्रृङ्गार, गीता तामाङको केश सञ्जा रहेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
उपाध्यक्ष मशहुद खां ले पुनः प्रदेश सभा सदस्यमा विजयी खां लाई दिए बधाई
बिजय नगर मा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com