अमृत भट्टराई / २२ साउन, रुपन्देही । रुपन्देही जिल्लाको पश्चिमी भागमा पर्ने कञ्चन गाउँपालिका ५ की १६ वर्षीया समीक्षा ठकुरीको हत्याको गत असार ९ गते घर मा सुतिरहेको बेला शरीरमा मट्टीतेल खनाएर आगोलाली भएपछि उनको उपचारको क्रममा गत असार २० गते काठमाडौं मा मृत्यु भएको थियो । उनको ममीले प्रहरीलाई दिएको किटानी जाहेरी अनुसार बुवा तेजबहादुर ठकुरी, हजुरआमा हरिमाया ठकुरी र फुपू शोभा राना ठकुरीलाई पूर्पक्षको लागि थुनामा राख्न रुपन्देही जिल्ला अदालतका न्यायाधीश शारदाप्रसाद कोइरालाको इजलासले आदेश दिएको हो ।
छोरीको मृत्यु हुँदा इराकमा रहेकी समीक्षाकी आमा माया ठकुरी नेपाल फर्किएर किटानी जाहेरी दिएपछि उनीहरु पक्राउ परेका थिए ।
पक्राउ परेर उनीहरूलाई अनुसन्धान गरिएको थिएमा तर समीक्षाकि आर्किी फुपू भने अझै प्रहरी नियन्त्रणमा छैनन ।