About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
पोखरामा चितुवाको छालासहित ३ जना पक्राउ ।

Darpanpost शनिबार, साउन १९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

पोखरामा चितुवाको छालासहित ३ जनालाई प्रहरी र वन कार्यालयका कर्मचारीले पक्राउ गरेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो गण्डकी प्रदेश प्रहरी कार्यालय क्षेत्रीय अनुसन्धान समूह र जिल्ला वन कार्यालय कास्कीको टोलीले पोखरा–७, अनुपममार्गबाट उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट २ थान चितुवाको छाला बरामद भएको छ।

पक्राउ पर्नेमा बाग्लुङ तामाङखोला गाउँपालिका–५, खुंखानीका २३ वर्षीय ज्ञानेन्द्र सेन्चुरी, वडा नम्बर ७ का २३ वर्षीय देवेन्द्र रसाइली र वडा नम्बर ६ का २५ वर्षीय झलक छन्त्याल छन्।

उनीहरुलाई चितुवाको छालासहित आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय कास्कीमा बुझाइएको छ।

वन कार्यालयले आवश्यक अनुसन्धान गरिरहेको र उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कारबाही गरिने जिल्ला वन अधिकृत केदार बरालले बताए

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com