About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
सडक हिलाम्य बनेपछि स्थानीय र सवारी चालकलाई सास्ति

Darpanpost शुक्रबार, साउन १८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

ज्ञानु पंगेनी,
१८ साउन, नवलपरासी ।  पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको विनयी त्रिवेणी गाउपालिका १ दुम्किवास बजारको सडक वर्षाले हिलाम्य बनेपछि स्थानीय र सवारी चालकले सास्ति पाएका छन ।
दुम्किवासको चोकको ८ सय मिटर वरपरको बाटो भत्किएर दुर्दशा भएको छ । खाल्डाखुल्डीमा पानी भरिएर पैदलयात्री , साईकलयात्री र मोटरसाईकलयात्री हिड्न नसक्ने अवस्था भएको छ । सडकका कारण दुर्घटना समेत बढेको ईलाका प्रहरी कार्यालय दुम्किवासले जनाएको छ । कावासोतीबाट परासीका लागि हिडेका एक जना मोटरसाईकलयात्री सागर बरालले बाटोको खाल्डोमा परेर पल्टिदा धन्दै ज्यानै गुमाउन परेको बताए ।
पैदलयात्री र साईकलयात्रीको समस्या पनि उस्तै छ । स्थानीयबासिन्दा पनि हैरान भएका छन । वर्षैपिछ्छे वर्षाको समयमा यहा सडकको हालत यस्तै हुने गरेको स्थानीय गणेश पराजुलीले बताए । पटक पटक सडक डिभिजन कार्यालय र स्थानीयतहलाई सडक निर्माण गर्न भनेको भए पनि कार्यालयले वेवास्ता गरेको उनको गुनासो छ । ‘ सधै हिउदमा कालोपत्रे गर्ने कहिले टालटुल पार्ने काम हुन्छ तर गुणस्तरीय काम कहिलयै नहुदा वर्षेनी समस्या भएको छ ।’ पराजुलीले भने
सडक लाईनमा होटेल व्यवसाय गर्दै आएकी चन्द्रा लङ्गोटेलको पनि गुनासो उस्तै छ । होटेल अगाडीको बाटो विग्रीदा व्यपापारमा असर परेको उनले बताईन । होटेल अगाडीको बाटो विग्रीएर सवारीहरु रोकिने ठाउ नहुदा मानिषहरु खान आउन नखोज्ने उनले बताईन ।
दुम्किवास बजार क्षेत्रमा सधैको वर्षामा बाटो भत्केर खेतै राप्न मिल्ने हुन्छ । हिउदमा टालटुल पार्ने काम गरिन्छ तर तयो झारो टार्ने काम मात्रै हुने गरेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com