About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
नवलपरासीमा हुलाकी सडकको निर्माणले गति लिन सकेन

Darpanpost शुक्रबार, साउन १८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

ज्ञानु पंगेनी,
१८ साउन, नवलनवलपरासी । राष्ट्रिय गौरवका आयोजना मध्ये नवलपरासीमा बन्न लागेको हुलाकी सडकको निर्माण कार्यले गति लिन सकेको छैन ।
नवलपरासी पश्चिमको सदरमुकाम परासीदेखि वर्दघाट नगरपालिका वडा नम्बर १३ नारायण चोकसम्मको करिब १३ किलोमिटरको सडक खण्ड दुई वर्षमा बनाउने गरि ठेक्का भएको भए पनि डेढ वर्षमा एक किलोमिटर मात्रै ग्रावेल गर्ने काम सकिएको छ । २०७३ फागुन देखी दई वर्ष बनाईसक्ने गरि कञ्चनजंघा विरुवा शिवशक्ति जे भि कन्सट्रक्सन कम्पनीले ठेक्का लिएर काम शुरु गरेको हो ।
डेढ वर्षमा लगभग काम पुरा हुनुपर्ने भए पनि २५ प्रतिशत मात्रै काम पुरा भएको छ । २५ करोड १९ लाख ७० हजार रुपैया लागतमा ०७५ फागुनभित्रमा निर्माण सम्पन्न भइसक्नुपर्ने ठेक्का–सम्झौतामा उल्लेख छ । वर्षाको समयमा ग्रावेल समेत नहुदा हिलो भएर आवतजावतमा समेत समस्या भएको स्थानीय भटौलिया निवासी रोजी न्यौपानेले बताईन । ‘बाटो बनाउन भनेर नाला खनेर छाडेको छ । माटैमाटो भएर हिउदमा धुलोले हैरान वर्षामा हिलोले हैरान हुन्छ । ’ न्यौपानेले भनिन ।

 

ठेकेदार कम्पनीका ईन्जीनियर मेघराज खनालले हुलाकी सडक निर्माणले तिब्रता नपाउनुमा आयोजनालाई आवश्यक पर्ने कच्चा पदार्थ (खोला जन्य बस्तु) को अभाव रहेको बताए । विभिन्न कारणले स्थानीय खोलाको समयमा ठेक्का नलाग्दा काममा ढिलाई भएको उनको भनाई छ ।
११ मिटर चौडाई रहेको हुलाकी सडकको ७ मिटर चौडाई कालोपत्रे गर्ने र दुवैतर्फ नाला निर्माण गर्ने गरि सम्झैता भएको थियो । हुलाकी सडकको काम ठेक्का सम्झैता अवधिभित्र सकिनेमा स्थानीयले शंका समेत व्यक्त गरेका छन । स्थानीयले सडकको कामका बारेमा सम्बन्धित निकायले अनुगमन निरिक्षण गर्ने काम समेत नगर्दा लापर्वाहि भएको गुनासो समेत व्यक्त गरेका छन ।
हुलाकी सडक आयोजना काठमाडौंबाटै ठेक्का लगाइएको सडकको रेखदेख एवं अनुगमन गर्ने जिम्मा डिभिजन सडक कार्यालय बुटवललाई दिइएको छ । जिल्ला समन्वयन समिती नवलपरासी पश्चिमका अध्यक्ष शिवशंकर रायले भने जिसस मार्फत् पनि आवश्यक अनुगमन र सहयोग गर्ने गरेको प्रतिकृया दिएका छन ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com