About Contact
२२ मंसिर २०७९, बिहिबार
Close
बिज्ञापन
गायिका टिका सानुको बिहे अगाबै बुहारी सार्बजनिक

Darpanpost बुधबार, साउन १६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अर्जुन परियार,

श्रावन १५ दाङ । दंगाली गायिका टिका सानुले “बुहारी” सार्बजनिक गरेकी छिन् । नेपाली हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तिज नजिकीदै गर्दा सांगितीक बजारमा बिभिन्न किसीमका तिज गितहरु सार्बजनिक भईरहेका छन् । बिशेषगरि तिज पर्बमा महिलाहरु बर्षभरीको बेदनालाई गित संगितको माध्यमबाट पोख्ने गर्दछन् । बजारमा बिभिन्न किसीमका तिजका गितहरु सार्बजनिक भइरहेको बेला गायिका टिका सानुले तिजको मर्मलाई बुझ्दै महिलाहरुको बेदनालाई समेटेको “बुहारी” नामक तिजगित सार्बजनिक गरेकी छन् । दाहोरीको क्षेत्रमा आफ्नो पहिचान बनाउदै चर्चा पाईरहेकी गायिका सानुले एउटा घरमा बुहारीको दर्जा नोकर सरहको हुनु दुखको कुरा भएको गितमार्फत चित्रण गरेकी छिन् । मिठो स्वर भएकी गायिका टिका सानुको मर्मस्पर्सी शब्दमा राजेन्द्र घर्तीको मिठो लयमा सजिएको बुहारी नामक तिजको कासेलीमा गायिका टिका सानु, धनमायाँ नेपाली र आसिका गुरुङको स्वर रहेको छ । बेदनाको पोको संगालिएको गित “बुहारी”लाई डिआर फिल्मस प्रालीले दुश्य निर्माण गरेको छ, भने म्यूजिक नेपालले बजार ब्यबस्थापन गरेको छ ।।

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
उपाध्यक्ष मशहुद खां ले पुनः प्रदेश सभा सदस्यमा विजयी खां लाई दिए बधाई
बिजय नगर मा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com