About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
नवलपुर क्षेत्रका अधिकाशं होटलको भान्छा घर अव्यवस्थित

Darpanpost आइतबार, साउन १३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

ज्ञानु पंगेनी,
नवलपरासी , १३ साउन ।  नवलपरासी पूर्व नवलपुर क्षेत्रका होटलहरुको आईवार अनुगमन गरिएको छ ।  अनुगमन गरिएका अधिकाशं होटलमा मुल्य सुचि नराखेको र भान्छा घरको व्यवस्थापन उचित नभएको पाईएको अनुगमन टोलीका संयोजक जिल्ला प्रशाशन कार्यालय नवलपुरका कमल प्रसाद आचार्यले बताए ।
नवलपुरको दाउन्नेको नौ वटा होटलमा अनुगमन गरिएको थियो । पहिलेको तुलनामा होटलले बस्ने खाने ठाउ सफा सुग्गर राखेपनि भान्छा घरको सरसफाईमा भने व्यवास्ता गरेको पाईएको आचार्यले बताए । भान्छा घरमा राखिएका खानेकुरा खुलला र नछोपी राखेको , काचा मासु बाहिरै झुन्डाएर राखेको पाईएको आचार्यले बताए ।
यस्तै दुम्किवासमा संचालित अधिकाशं होटलको भान्छा राजमार्ग छेउमै बनाईएको र खुल्ला समेत रहेको पाईएको छ । राजमार्गबाट उड्ने धुलो सबै भान्छामा नै जाने जसले खानेकुरामा धुलो परेको , खानेकुरा नछोपी राखेको पाईएकाले उनीहरुलाई तीन महिनाको अवधि दिएर भान्छा घर भित्र पट्टी व्यवस्थित गरेर बनाउन निर्देशन गरेको र भान्छाको सरसफाई र खानेकुरा छोपेर राख्न निर्देशन गरेको क्षेत्रीय खाद्य प्रवृधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य अनुषन्धान अधिकृत आनन्द ढंगोलले बताए । यसैगरि कावासोतीको डण्डाका होटलहरुमा पनि अनुगमन गरिएको थियो । यहा पनि भान्छा घरमा फोहोर रहेको पाईएकाले सफा राख्न निर्देशन गरेको डंगोलले बताए । यस्तै दाउन्नेका होटलहरुमा केहि महङ्गो लिने गरेको पाईएकाले मुल्य सुचि टा“स गरि सहि मुल्यमा बेच्न निर्देशन समेत गरिएको छ । कावासोती , दुम्किवास र दाउन्नेका १५ वटा होटलको आईतवार अनुगमन गरिएको छ ।
जिल्ला प्रशाशन कार्यालय नवलपुरको संयोजकत्वमा क्षेत्रीय खाद्य प्रवृधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको टोलीलको रोहबरमा गरिएको अनुगमनमा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव निरिक्षक महेश्वर उपाध्याय , नवलपुर होटल व्यवसायी संघका अध्यक्ष बालकृष्ण पौडेल, राष्ट्रिय उपभोक्ता हकहित मंचका गणेश श्रेष्ठ , पत्रकार लगायतको टोलीले अनुगमन गरेको थियो ।
होटलका बारेमा केहि गुनासो आएपछि बजार अनुगमन अन्तरगत अहिले होटेल , मिठाई पसललाई लक्षित गरेर अनुगमन गरिएको र बा“की रहेका स्थानहरुमा संचालित होटल र अन्य पसल व्यवसायको पनि अनुगमन गरिने टोलीका संयोजक आचार्यले जानकारी दिए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com