About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
ऐतिहासिक क्षेत्रको उत्खननमा प्रदेश सरकारको जोड : मुख्यमन्त्री पोख्रेल

Darpanpost शनिबार, साउन १२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार
साउन १२ । प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोख्रेलले पुरातात्वीक क्षेत्रको अध्यन विकास र प्रर्वद्धनमा प्रदेश सरकारले जोड दिएको बताउनु भएको छ । शनिबार देवदह क्षेत्रको विभिन्न ऐतिहासिक क्षेत्रहरुको अवलोकन गरीसकेपछि संञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उक्त कुरा बताउनु भएको हो । ऐतिहासिक क्षेत्रको प्रमाणिकरण नभए सम्म विकास गर्न कठिन हुने भन्दै उहाले प्रदेश सरकारले यस्ता ऐतिहासिक क्षेत्रहरुको अभिलेखिकरण प्रमाणीकरण र संरक्षणमा जोड दिएको बताउनु भयो ।

स्थानिय जनताको विकास हुन पर्छ भन्ने भावनाको कदर गर्दै अध्यन र अनसन्धान गरेर बढ्ने उहाको भनाई थियो । मुख्य मन्त्री पोख्रेलले ऐतिहासिक क्षेत्रको प्रचार प्रसार गरेर पर्यटक भित्राउन सकिनेमा जोड दिनु भयो । मुख्य मन्त्री पोख्रेल, प्रदेश सांसद डा.कृष्ण न्यौपाने,देवदह नगरप्रमुख हिरा बहादुर खत्री ,जनप्रतिनिधि पत्रकार लगायतको टोलीले खयर डाडा, देव दह , भवानीपुर लगायत देवदहका विभिन्न ऐतिहासिक क्षेत्रहरुको अवलोकन गरेको थियो । उक्त अवशरमा देवदहका मेयर खत्रीले देवदहका ऐतिहासिक सम्पदाको उत्खननका लागि बिशेष टोली पठाइदिन मुख्य मन्त्री पोख्रेल संग आग्रह गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com