साउन ११, दाङ । दाङमा अझै पनि ४५ प्रतिशत नागरिक व्यवस्थित खानेपानीको पहुँच भन्दा बाहिर रहेका छन् । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका अनुसार ५५ प्रतिशत नागरिक व्यवस्थीत खानेपानीको पहुँचमा रहेको पाईएको छ । खानेपानीमा सबै नागरिकको सहज पहुँचका लागि विभिन्न कार्यक्रमहरु संचालन गरिए पनि समस्या समाधान हुन नसकेको जिल्ला खानेपानी डिभिजन कार्यालयका प्रमुख चोक प्रसाद धितालले जानकारी दिनुभयो । जिल्लामा परम्पराका रुपमा रहेका कुवा, इनार, ह््याण्ड पाइप प्रणाली विस्थापित हुँदै गएपनि ४५ प्रतिशत नागरिकले अझै पनि अशुद्ध पानी पिउन बाध्यछन् । पानीको माग बढ्दै गएको र स्रोत मासिँदै गएका कारणले पानीको समस्या बढ्दै गएको प्रमुख धिताले बताउनुभयो । पानीको दिर्घकालीन समस्या समाधानका लागि केन्द्रिय र प्रदेश अन्तरर्गतका खानेपानीकाक्रमागत योजनाहरु संचालन भैरहेकाछन् ।खानेपानी समाधानका लागि जिल्लामा एक सय २ वटा ठुला आयोजना संचालन भैरहेका छन् ।।