About Contact
२३ आषाढ २०७९, बिहिबार
Close
बिज्ञापन
नियमित विद्युत नआउदा व्यवसायि मर्कामा

Darpanpost शुक्रबार, साउन ११, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

गङ्गा भण्डारी,

साउन ११ गुल्मी ।
नियमित विद्युत नआउदा स–साना घरेलु उद्योग, मर्मत केन्द्र, कम्प्युटर प्रशिक्षण केन्द्र, विद्यालय, स्वास्थ्य उपचार केन्द्र लगाएतका व्यवसायि मर्कामा परेका छन् । विद्युत प्राधिकरण गुल्मीको लाप्रवाहिका कारण रुरु गाउपालिका वडा नं। ५ बम्घा, वडा नं। ६ रिमुवा, सत्यवती गाउपालिका वडा नं। १ अस्लेवा, २ लुम्पेक, ४ लिम्घा साहाघाट, ५ हँसरा र ६ जोहाङ्ग खैरेनी बजार क्षेत्र मा व्यवसाय गर्ने आम व्यवसायि समस्यामा परेको गुनासो पोखेका छन । देश लोडसेडिङ मुक्त गर्ने अभियान चलाइरहेको सरकार र मातहतमा रहेको प्राधिकरण बिच समन्वयको खाचो रहेको स्थानिय उपभोक्ताहरुले बताएका छन ।  कहिले काहि मात्र बिजुली बल्ने यस क्षेत्रमा १० ÷१५ मिनेटको फरकमा बत्ति आउने जाने गर्न थालेको कहिब १ बर्ष वितिसक्दा पनि सम्वन्धित कार्यालयबाट पहल नभएको र पटक पटक बिद्युत प्राधिकरणमा जानकारी गराउदा पनि व्यवास्ता गर्ने गरेको गुनासो आम व्यवसायिहरुको रहेको छ । बत्तिको बिल उठाउन पछि नपर्ने प्राधिकरण कतै सेवा प्रवाहमा पछि परेको त होइन आम नागरिकको प्रश्न रहेको छ । यसको सुधारका लागि सम्वन्धित गाउपालिका भित्रका जनप्रतिनिधि र प्राधिकरण बिच समन्वय गरि पहल थालिनुपर्नेमा जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com