About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
त्रिशूली बस दुर्घटना पछिल्लो अपडेट : पाँचको मृत्यु २३ को उद्धार

Darpanpost शुक्रबार, साउन ११, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

साउन ११, चितवन । चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित मुग्लिन­मलेखु सडकखण्डअन्तर्गत चुम्लिङटारबाट त्रिशूली नदीमा बस खसेर भएको दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको उद्धारमा खटिएका चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार मृतकको पहिचान खुलेको छैन। प्रहरीले २३ जना घाइतेको उद्धार गरेर भरतपुरतर्फ पठाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।

बसका यात्रुमध्ये २३ यात्रुको उद्धार भएको छ। केही यात्रुहरू बसमा च्यापिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा प्रहरीले उद्धारको काम जारी राखेको छ।

काठमाडौंबाट पोखरा जान आउँदै गरेको ना ६ ख २५०६ नम्बरको बस, विपरित दिशाबाट जाँदै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो। बिहान ११:५० बजे भएको उक्त दुर्घटनापछि ट्रक सडकमै रहेको छ भने बस अन्दाजी ६०/७० मिटर तल त्रिशूली नदी किनारमा खसेको चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए।

अहिले ट्रक चालक भने जोगीमारा प्रहरीको सम्पर्कमा पुगेका छन्। घटनास्थल मुग्लिनबाट अन्दाजी १५ किलोमिटर काठमाडौतर्फ पर्छ। बसमा ३०/३२ जना यात्रु रहेको अनुमान छ।

 

 

 

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com