टंक सुनार
साउन १० । रुपन्देहीको देवदहमा भएको छुट्टा छुट्टै दुर्घटनामा परी दुई जना घाइते भएका छ । बिहिबार देनपा–६ मिलनचोकमा बाटो काट्न लागेको लु ४ प २५३४ नम्बरको पल्सर मोटसाइललाई खैरेनीबाट बुटवल तर्फ जादै गरेको लु ४२ प ४२०६ नम्बर मोटसाइकलले ठक्कर दिदा रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर–६ निवासी २० बर्षिय राजेश कार्की घाइते भएका छन । उनको बाया खुट्टा भाचिएको छ । उनको बुटवल सिटी अस्पताल बुटवलमा उपचार भइहरको देवदह प्रहरी प्रमुख प्रहरी निरीक्षक बिष्णु बिकले जानकारी दिनु भयो ।
त्यस्तै गरी बिहिबार नै देनपा–८ शित्तलनगरमा बुटवलबाट खैरेनी तर्फ आउदै गरेको लु १ ख ६७७० नम्बरको माइक्रोबसमा सोही दिशा तर्फ आइरहेको लु ९ प ६५६० नम्बरको मोटसाइल ठक्कर खादा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन । घाइते हुनेमा गुल्मी जिल्लाको इस्मा गाउपालिका–२ का २३ बर्षीय चित्र बहादुर खड्का रहेको प्रहरीले जानकारी दिएको छ । उनको टाउकोमा चोट लागेको र दुर्घटना भए लगत्तै देवदह मेडिकल कलेज भलुही लगिएकोमा थप उपचारका लागि क्रिमसन अस्पताल मणिग्राम रिफर गरीएको प्रहरीले बताएको छ ।