About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
आफ्नो घर ठिक भए मात्रै चुनौती दिन सकिन्छ : महामन्त्री कोईराला

Darpanpost बिहिबार, साउन १०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

ज्ञानु पंगेनी
नवलपरासी , १० साउन ।  नेपाली काङ्गेसका महामन्त्री एवम् नवलपुर प्रतिनिधी सभा सासंद डाक्टर शशांक कोईरालाले पहिले आफ्नो घर ठिक बनाए मात्रै अरुलाई चुनौती दिन सकिनेमा जोड दिएका छन ।  कोईरालाले पार्टीलाई एक ढिक्का बनाएर एकै ठाउमा उभ्याए मात्रै नेकपाको सामाना गर्न सकिने बताए । ३६ औ विपी स्मृती दिवसको अवसरमा नवलपरासी पूर्व कावासोतीमा नेपाली काङ्गेस जिल्ला कार्य समिती नवलपरासीको आयोजनामा भएको विचार गोष्ठिमा बोल्दै कोईरालाले सो कुरामा जोड दिएका हुन । कोईरालाले भने – ‘सबभन्दा पहिले त हाम्रो घरै ठिक गर्नुपर्छ , हाम्रो घरै ठिक छैन , गुट उपगुट छ । नेपाली काङ्गेस एक ढिक्का नभएसम्म एमाले माओवादिको सामाना गर्न सक्दैनौ । ’
कोईरालाले आउदो अधिवेशनमा एकताको अधिवेशन हुनुपर्ने भन्दै कुनै पनि गुटउपगुट नभएको अधिवेशन आफुले हेर्न चाहेको बताए । उनले भने – ‘मैले त धेरै चोटी भने रामचन्द्र दाईलाई नी भने शेर वहादुर जिलाई भने नेपाली काङ्गेसलाई एकजुट बनाएको खण्डमा मात्रै कङ्गेसको बाहुल्यता छ । ’
विपीले आफ्ना कार्यकर्तालाई सम्मान, माया र आत्मियता प्रदान गरेकै कारण विपी आज सबैको माझ लोकप्रिय रहेको बताउदै । विपीको विचारलाई अबलम्बन गरेर नेपाली काङ्गेस अगाडी बढ्नुपर्नेमा समेत कोईरालाले जोड दिए ।
कार्यक्रममा नेपाली काङ्गेसका सहमहामन्त्री प्रकाश शरण महतले समेत सम्बोधन गर्दै विपीको सिद्धान्तलाई नेपाली काङ्गेसका कुनै पनि नेता कार्यकर्ताले बिर्सन नहुनेमा जोड दिए । विपीको सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै उनले विपीले देखाएको बाटोमा हिड्न सकेमात्रै अबको काङ्गेस बलियो हुने बताए ।
कार्यक्रममा नवलपरासी प्रतिनिधी सभा सासंद कृष्णचन्द्र नेपालीले पनि बोलेका थिए । प्रदेश सासंद तथा नेपाली काङ्गेस जिल्ला कार्यसमितीका सभापती विष्णु प्रसाद लामिछाने को अध्यक्षतामा भएको कार्यक्रममा दुई वटा कार्यपत्र समेत प्रस्तुत गरिएको थियो । कार्यपत्र माथी प्रा. डा. ज्ञानेन्द्र पौडेलले टिप्पणी गरेका थिए

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com