About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
नेपाल तरुण दलले बुटवलमा बुधबार आफ्नो शक्ति प्रदर्शन गर्यो ।

Darpanpost बिहिबार, साउन १०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई,

१० साउन , बुटवल ।   नेपाल तरुण दलले बुटवलमा बुधबार शक्ति प्रदर्शन गर्यो । सरकारले गरेको दमनको बिरोध र डा गोबिन्द केसीको स्वास्थ्य चिकित्सा क्षेत्रको जायज मागको समर्थनमा नेपाल तरुण दलले बुटवलमा बुधबार शक्ति प्रदर्शन गरेको छ । नेपाल तरुण दल, क्षेत्र न २ रुपन्देही क्षेत्रिय समिति र बुटवल उपमहानगर समितिको संयुक्त आयोजनामा बुधबार शान्तिपूर्ण रयाली सहित शक्ति प्रदर्शन गरेको हो । बिपी चोकबाट शुरु भएको रयाली महेन्द्र पार्क, अस्पताल लाईन हुदै ट्राफिक चोकमा आएर कोणसभामा परिणत भएको थियो । उनीहरुले डा.गोविन्द केसी जिन्दाबाद, सत्याग्रही डा.केसीका माग पुरा गर, बढ्दो मंहगी नियन्त्रण ­­गर, डा.केसीको माग पुरा ,अधिनायकबादी सरकार मुर्दाबाद,महिला हिंसा बन्द गर जस्ता नाराबाजी गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै नेपाली काग्रेसका जिल्ला सभापति तथा पूर्वमन्त्री अब्दुल रज्जाकले सम्बोधन गर्दै प्रजातन्त्रमा शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार सरकारले कुन्ठित गर्ने काम गरेको बताए । नेपाल मेडिकल काउन्सिलका केन्द्रिय सदस्य डा कृष्ण खरेलले डा केसीले केवल दुईवटा र त्यो पनि आम नागरिकको पक्षमा हुने गरि माग राखेर अनसन बसेको बताए ।

कुनै चिकित्सकको हितका लागि वा ब्यक्तिगत फाईदा हुने उनको माग नभएको दाबी गर्दैै उनले आम नेपाली जनता गुणस्तरीय चिकित्सक सेवा र दुरदराजमा रहेको जनताहरुका छोराछोरीले चिकित्सा शिक्षा सर्वसुलभ पाउनुपर्ने मुख्य माग डा केसीको रहेको बताए । उनले डा केसी अब महात्मा केसी भएको दाबि गरे । नेपाल चिकित्सक संघ, लुम्बिनी अंचलका सचिव डा ईन्द्र ढकालले पन्धौ पटक र अहिले २५ औ दिनको अनशनमा रहेको केसीको जायज मागलाई सरकारले सम्बोधन गर्नुपर्ने सुझाव दिए । नेपाली काग्रेसको सरकारको पालामा अध्यादेशमार्फत टुङगाएको डा.कसीको मागलाई माफियाको पक्षमा हुने गरि वर्तमान सरकारले बङ्गाउने काम गरेको उनले आरोप लगाए । तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेत सहीतका ४ सय कार्यकर्तामाथि सरकारले दमन गरेको भन्दै उनीहरुले बिरोध जनाए । तरुण दल नगर सभापति सुजन पुन, काग्रेसका युवा नेता प्रजापाल गिरीले सम्बोधन गर्दै जायजमागलाई सरकारले सम्बोधन गर्नुपर्ने बताए । कार्यक्रममा यस क्षेत्रका मानव अधिकारवादी, चिकित्सकहरुको एकवद्धता रहेको क्षेत्रिय समिति क्षेत्र नं २ का अध्यक्ष हसन्त लामाले बताए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com