About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
नवलपरासीमा पाँच वर्षमा सवारी दुर्घटनामा पाँच सय ९७ जनाले ज्यान गुमाए / ज्यान गुमाउनेमा बढि पुरुष

Darpanpost बुधबार, साउन ०९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

 

ज्ञानु पंगेनी
नवलपरासी , ९ साउन ।  नवलपरासीमा पछिल्लो पाँठच वर्षमा सवारी दुर्घटनामा परि पा“च सय ९७ जनाले ज्यान गुमाएका छन ।  ज्यान गुमाउनेमा सबैभन्दा बढि पुरुष छन । आर्थि वर्ष २०७०÷०७१ देखि ०७४÷०७५ सम्मको जिल्ला ट्राफिक कार्यालय नवलपरासीको तथ्याङ्ग हेर्दा पा“च वर्षमा चार सय ४७ जना पुरुषले सवारी दुर्घटनामा ज्यान गुमाएका छन । ज्यान गुमाउने महिलाको संख्या ७६ रहेको छ । दुर्घटनामा परि ३३ जना बालकले ज्यान गुमाएका छन भने २३ जना बालिकाको ज्यान गएको छ ।
गत आर्थिक वर्ष ०७४÷०७५ मा मात्रै एक सय ३३ जनाले ज्यान गुमाएका छन । गएको वर्षबाट नवलपरासी पूर्व र पश्चिम गरि दुवैतर्फ जिल्ला ट्राफिक प्रहरीको कार्यालय स्थापना गरिएको छ । गत वर्ष सवारी दुर्घटनामा नवलपरासी पूर्वमा ६४ जना र नवलपरासी पश्चिममा ६९ जनाले ज्यान गुमाएका छन । विगतका पा“च वर्षमा आर्थिक वर्ष ०७३÷०७४ मा सबभन्दा बढि एक सय ३५ जनाले दुर्घटनामा ज्यान गुमाएका थिए । र सबैभन्दा कम ०७१÷०७२ मा एक सय १ जनाले ज्यान गुमाएका थिए । आर्थिक वर्ष २०७०÷०७१ मा एक सय २ जना र आर्थिक वर्ष २०७२÷०७३ मा एक सय २६ जनाको ज्यान गएको छ ।

आठ सय २८ जना गम्भिर

पछिल्लो पा“च वर्षमा भएको सवारी दुर्घटनामा परि ८ सय २८ जना गम्भिर घाईते भएका छन । घाईते मध्ये पनि अधिकाशं पुरुष छन । पा“च सय ८६ जना पुरुष गम्भिर घाईते भएका छन भने एक सय ८५ जना महिला , ३६ जना बालक र २१ जना बालिका गम्भिर घाईते भएका छन ।

दुर्घटना न्युनिकरण गर्ने प्रयास असफल

नवलपरासी देशकै अत्याधिक दुर्घटना हुने जिल्ला मध्ये पर्दछ । यहा जिल्ला ट्राफिक प्रहरी कार्यालय , जिल्ला प्रहरी र विभिन्न संघसंस्थाले सवारी दुर्घटना कम गर्न विभिन्न सचेतना मुलक कार्यक्रमलाई निरन्तरता दिईरहेका छन तर पनि दुर्घटनामा भने कुनै कमी आउन सकेको छैन । वार्षिक रुपमा एक सय भन्दा बढिले ज्यान गुमाएकै छन । पछिल्लो केहि महिना यता प्रहरीले ट्राफिक न्यानिकरणका लागि सचेतना मुलक कार्यक्रम संगै चेकजा“चमा पनि कडाई गरेको छ । प्रहरी र नागरिक स्तरबाट नै सडक , गाउघर र विद्यालय तथा क्याम्पसहरुमा सचेतना कार्यक्रम संचालन निरन्तर रुपमा भएका छन तर पनि यहा प्रतेक दिनजसो दुर्घटना हुने गरेको छ । ट्राफिक प्रहरीले दुर्घटना न्युनिकरण गर्न सचेतना मुलक स्टिरक टास्ने , पर्चा पम्प्लेट वितरण गर्ने , होडिङ्ग बोर्ड राख्ने , सडकको १० मिटर वरपर कुनै पनि सामाग्री र ठेलागाडा राख्न नदिने , जेब्रा क्रसिङ्ग , बढि दुर्घटना हुने दाउन्ने , चोरमारा , अरुणखोला क्षेत्रमा दुर्घटनाको साङ्केतिक चिन्ह कुच्चिएका र विग्रीएका मोटरसाईकल झुन्ड्याउने र दाउन्ने देखि दुम्किवाससम्मको १४ किलोमिटर बढि दुर्घटना हुने क्षेत्रमा कन्भेक्स मिरर राख्ने लगायतका काम गर्दै आएको छ तर पनि दुर्घटनामा कमि आउन सकेको छैन । दुई वर्ष अघि दाउन्ने क्षेत्रमा लगाईएका ५० वटा कन्मेक्स मिरर मध्ये करीब ४५ वटा मिरर वर्षदिन पनि नपुग्दै फुटेका छन । प्रहरीका अनुसार लागुऔषद्य सेवन गर्ने तथा उछ्रिङखल मनोवृत्ति भएका व्यक्तीहरुले ऐना फुटाउने काम गरेका हुन ।

दुर्घटना हुने मुख्य कारण सडकको अवस्था

नवलपरासीमा बढि दुर्घटना हुनुको मुख्य कारण सडकको अवस्था रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख लक्ष्छुमण वहादुर शाहिले बताए । साविकको नवलपरासी पूर्व पश्चिम राजमार्गले ९९ किलोमिटर क्षेत्र छोएको छ । नवलपुर क्षेत्रमा मात्रै ७७ किलोमिटर राजमार्ग पर्दछ भने परासी क्षेत्रमा २२ किलोमिटर पर्दछ । राजमार्ग लामो दुरीको भएकाले पनि यहा बढि दुर्घटना हुने गरेको छ भने दाउन्नेको उकालो ओरालो र सा“घुरो बाटोले गर्दा पनि यस क्षेत्रमा अत्याधिक दुर्घटना हुने गरेको शाहि बताउछन । यस्तै दाउन्नेमा धेरैजसो मालवहाक ट्रक दुर्घटना हुने गरेका छन । ट्रक उकालो चढ्ने तर ओरालोमा लोडका कारण ब्रेक फेल भएर बढि दुर्घटना हुने गरेको पाईएको शाहिले बताए ।
मोटरसाईकल र बसले पनी घुम्तीमा ओभरट्याक गर्न खोज्दा बढि दुर्घटना हुने गरेको उनी बताउछन । दुर्घटनाग्रस्त क्षेत्र भनेर स्पष्ट बोर्ड हुदा समेत चालकले लापरवाहि तरिकाले सवारी चलाउदा नै बढि दुर्घटना हुने गरेको उनको भनाई छ । यस्तै सडक किनारमा राखिएको होडिङ्ग बोर्ड , निर्माण सामाग्रीका कारण पनि दुर्घटना हुने गरेको छ ।

अर्कोतर्फ जिल्लाभरि कार्यरत ट्राफिक प्रहरीको संख्या जम्मा ५१ जना छन । नवलपरासी पूर्वमा २८ र पश्चिममा २३ जना मात्रै ट्राफिक छन । जिल्लाको राजमार्गको दुरी र भौगोलिक हिसावले यो संख्या न्युन रहेकाले पनी काम गर्न असहज हुने गरेको , सवारी जा“च , निगरानी , दुर्घटना हुदा उद्धारको काम , जनचेतना मुलक कार्यक्रम सबै गर्न निकै गाह्रो हुने गरेको प्रमुख शाहिको भनाई छ

दुर्घटना निम्त्याउने अर्को कारकतत्वका रुपमा विग्रेका सवारी साधन हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक हवल्दार पदम बडु बताउछन ।
रातीको समयमा विगे्रका सवारीमा अर्को सवारी ठक्कर खादा पनी धेरैले ज्यान गुमाउनु परेको उनले बताए । त्यसमाथी दुर्घटनामा परेका सवारी तुरुन्तै हटाउन नसक्ने अर्को समस्याले झनै आफुहरुलाई सताउने गरेको उनको भनाई छ । ‘दुर्घटनामा परेको सवारीले सडक अबरुद्ध बन्यो भने हटाउने क्रेन , डोजर लगायतका साधन कार्यालयमा नहुदा कि चितवन कि बुटवल अथवा निजी व्यवसायीकहाबाट ल्याउनुपर्ने बाध्यता छ जसले गर्दा समय धेरै लाग्ने र सडक जाम भएर हैरान हुन्छ । ’बडुले भने
आवश्यक साधन खरीदकालागी ताकेता गरिहेको भएपनी कतैबाट पहल हुन नसकेको उनी बताउछन ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com