ज्ञानु पंगेनी
७ साउन, नवनवलपरासी । गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथ्वी सुब्बा गुरुङ्गले सत्याग्रह बस्दैमा कम्युनिष्ट सरकार नझुक्ने प्रतिकृया दिएका छन ।
आईतवार नवलपरासी पूर्वको कावासोतीमा नेकपाको आयोजनामा भएको पुष्पलाल स्मृती दिवसको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गुरुङ्गले काङ्गेसले च्याखे थापेर कम्युनिष्ट सरकारको रौ पनि नहल्लिने दावी समेत गरे ।
मन्त्री गुरुङ्गले संसदीय प्रणलीले नै बहुमतको सरकारलाई दिएको अधिकार कम्युनिष्ट सरकारले प्रयोग गर्दा काङ्गेसले बखेडा खडा गरेको आरोप लगाए । मन्त्रि गुरुङ्गले भने – ‘ उ एक तिहाईको अल्पसंख्यकमा छ हामि दुई तिहाईको बहुमतमा छौ । अनि हाम्रो सरकारले जनताको यो अभिमतलाई प्राप्त गरेर काम गर्न पाउने कि नपाउने ? विद्येक हामिले भने जस्तो बनाउने कि काङ्गेसले जे भन्छ त्यहि बनाउने ? अल्पमतको शाशन कहि कतै हुन्छ ? ’ मन्त्री गुरुङ्गले थपे – ‘काङ्गेसले गोबिन्द केसीलाई उठाएर भन्यो ल यो विद्येक बनाउ कम्युनिष्ट पार्टीको काल आए मात्रै यो हुन्छ नत्र, यस्तो कुरा कम्युनिष्ट पार्टीले सुन्दैन । कुनै व्यक्ती सत्याग्रहमा बस्दैमा कम्युनिष्ट सरकारले आफ्नो सिद्धान्त त्यागेर त्यसको पछि पछि लागेर विद्येक बनाउने हो भनेदेखि गोबिन्द केसीलाई प्रधानमन्त्रि बनाईदिनु नि शेर वहादुरले किन तपाई बेला बेलामा प्रधानमन्त्रि बन्ने रहर गर्नुहुन्छ ? ’
मन्त्री गुरुङ्गले काङ्गेस आज छटपटाई रहेको र काङ्गेस अतङ्कित बनेको टिप्पणी गर्दै कम्युनिष्ट पार्टीको दुई तिहाईको सरकार स्थानीय सरकार , प्रदेश सरकार र केन्द्र सरकारमा समेत बहुमत रहेकाले अधिकाशं कम्युनिष्ट पार्टीको नेतृत्व गर्ने हुदा काङ्गेसलाई साह्रै ठूलो भय रहेको बताए । कम्युनिष्ट सरकारले देशमा अब राम्रो काम, जनताको काम गर्ने भयो , विकास गर्नेभयो , अबको २५ वर्ष कम्युनिष्ट सरकार टिक्ने भयो भन्दै काङ्गेस त्रसित बनेको बताए । सरकार निर्माण भएको एक वर्ष पनि नहुदै काङ्गेसले सकारात्मक भन्दा पनि नकारात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्नतर्फ लागेको आरोप लगाए । उनले भने – ‘बिशेश्वर र गिरीजाप्रसाद कोईरालाको अवशानपछि नेपाली काङ्गेस पहिलो पटक वैचारिक नेतृत्वको गम्भिर संकटमा छ । निती विहिनताको स्थितीमा छ काङ्गेस त्यसैलेल त गोबिन्द केसीलाई नेता मानेर शेर वहादुर देउवा हिड्नु परेको छ । ’
अर्को फरक प्रशंगमा मन्त्रि गुरुङ्गले नवलपुरलाई समृद्ध नवलपुर बनाउने योजना रहेको बताउदै त्रिवेणी नाकालाई मुख्य भन्सार बनाउने र गण्डक वारी नेपालतर्फ भौतिक पूर्वाधार निर्माण गरि कष्टम अफिस , प्रहरी प्रशाशन , सेना , गोदामघर लगायतको निर्माण गर्ने , दुम्कीवास त्रिवेणी जोड्ने बाटो खोल्न चितवन राष्ट्रिय निकुञ्जले नदिएको हुदा निकुञ्जलाई बाटो खोल्ने अनुमती दिन ,त्रिवेणी पोखरा कोरलानाकाको बाटो निर्माण जस्ता विषयमा केहि दिन अघि बसेको मन्त्रि परिषदको वैठकले निर्णय गरेको र केन्द्रिय सरकार समक्ष पठाएको जानकारी गराए । यसैगरि नवलपरासी बर्दघाट सुस्ता पूर्व कतिदिन भन्ने भनि नवलपुर नामाङ्कन गर्न समेत निर्णय गरि केन्द्र पठाएको बताए । यस्तै नारायणी नदिले कटान गरिरहेको क्षती पुर्याईरहेको जमिनको संरक्षणका लागि अबको पा“च वर्ष भित्र जसरी भए पनि तटबन्ध गरेरै छाड्ने समेत आश्वासन दिए ।