About Contact
१० आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
श्रावण महिनाको राशीफल

Darpanpost मंगलबार, साउन ०१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मेष– समयको ख्याल नगर्दा कार्यमा अवरोध तथा आर्थिक नोक्सानी हुनेछ ,आलस्यता बढेर जाने । यात्राको अवसर एवं पारिवारिक सुख तथा सन्तान सुख मिल्ने छ । आर्थिक प्रगतिमा दाजुभाई नै बाधक बन्नेछन् । स्वास्थ्यमा ख्याल राख्नुहोला ,शिक्षामा भने प्रगति हुन समय लाग्ने छ । छिमेकीसंग भने होसियार भएर काम गर्नुहोला शुभ अंक १, रगं सेतो , रातो र दक्षिण दिशा शुभ रहेको छ ।

बृष — शत्रुले सताउनेछन । बिनाकारण डण्डा सजाय तिर्नु पर्नेछ भने स्वास्थ्यमा शुधार अउने छ । राजनितीमा सफलतामिल्ने छैन् । अध्यायन ,अध्यापनमा विवाद आउने छ , घर, जग्गा र सवारीमा लगानी हुन सक्छ अक्समात यात्रा हुनुका साथै दाम्पत्य जिवनमा माधुरीयता आउनेछ । यो महिनाको लागी शुभ अंक ९ रगं हरियो र पुर्व दिशा शुभ रहेका छन्

मिथुन — भविष्यको लागी केहि योजना तथा परिश्रम गर्ने गर्नुपर्नेछ । गोपनीयतामा काम गर्नुहोला अन्यथा परिणम नराम्रो आउन सक्छ । विरोधी गर्नेहरु धेरै छन् । धेरैपरिश्रम गरेर मात्र सफलता मिल्ने छ । विश्वास गरेकाले धोका दिने सम्भावना वढिरहेको छ । सवारी साधनबाट होसियार हुनुहोला , सामाजिक काम कार्यमा सहभागी हुनुपर्ला यो महिनाको लागी शुभ अकं ७, कालोरगं , पश्चिम ,दिशा शुभ रहेकोछ । ॐ नम शिवाय नमः मन्त्र जप तथा मन्दिरमा पंहेलो बस्त्र चढाउदा राम्रो हुनेछ ।

कर्कट— धनमाल हराउने तथा चोरी हुने योगरहेको छ । व्यपारमा इच्छा अनुसार फाइदा मिलने छैन् । पति पत्नीबिचमा विवाद आउने र अरुव्यक्तिहरुले अपमान गर्ने योग रहेको छ । प्रेमप्रस्तावमा नपर्नुमा उचि देखिन्छ । शिक्षाको लागी भने परिश्रम धेरै गर्नुपर्ला यो महिनाको लागी शुभ अकं ,७ शुभ रगं रातो , शुभ दिशा पूर्व रहेको छ । ॐ नम शिवाय नमः मन्त्र जप तथा मन्दिरमा त्रिशुल चढाउदा राम्रो हुनेछ ।

सिंह — उच्चशिक्षाको लागी बिदेश तथा शिपसिक्नको लागी यात्रा गर्नुपर्नेछ । मनमा शान्ति आउने छ । आफनै प्रयासबाटमात्र कार्यमा सफल्ता मिलने छ । व्यापार, कृषि तथा शैक्षिकस्तरमा राम्रो राज्नीतिमा खासैराम्रो छैन् । दाजुभाईको काम गर्नुपर्ने तर जश मिल्ने छैन् । धार्मिक काम काजमा सहभागी तथा यात्रा रमाईलो हुनेछ । यो महिनाको लागी शुभ अकं ४ र शुभरंग रातो ,हल्का खैरो ,पश्चिम दिशा शुभ रहेकोछ । ॐ क्रीं क्रीं स्वाहा मन्त्र जप र अविर दान गर्दा राम्रो हुनेछ ।

कन्या — सामाजिक कार्यबाट असन्तुष्टी हुनुपर्ने छ । अवरोध एवं रमाइलो यात्रा हुन सक्छ ,व्यापार व्यावसायमा प्रगति मिल्ने छ । साथीभाईको कारण जरिवाना तथा बिनाकारण खर्च हुनेछ । अति प्रिय व्यक्तिहरु संग शत्रुता वढेर जाने हुँदा होसियारीका साथ काम गर्नुहोला , आर्थिक अवस्था भने केहि सुधार हुने सम्भावना रहेकोछ । यो महिनाको लागी शुभ अकं ५, शुभ रगं रातो ,शुभ दिशा पुर्वरहेको छ । ॐ ह्री ॐ मन्त्र जप तथा साना साना केटा केटिहरुलाई भोजन गराउदा राम्रो हुनेछ ।

तुला – आर्थिक पक्षमा सफल्ता मिल्नेछ । घरपरिवारको काम काजमा व्यस्त तथा स्वास्थ्यमा केहि समस्या आउन सक्छ । बैदेशिक क्षेत्रबाट नोक्सानी , यात्रामा रमाईलो हुनेछ । तर्क गर्ने बानीले गर्दा बिवादमा परिनेछ । सन्तानको लागी भने धेरै चिन्ता लिनुपर्ला , परिवारको सरसल्लहमा कार्य गर्दा उचित हुनुका साथै रोकियको धन सम्पत्ति प्राप्त हुनेछ । यो महिनाका लागी शुभ अकं ८ रातो रगं , पश्चिम दिशा शुभ रहेकोछ । ॐ गोबिन्दाय नमः मन्त्र जप तथा पशुलाई दाना दिँदा राम्रो हुनेछ ।

बृश्चिक – स्वस्थ्यमा समस्या आउने हुुदाँ खानपानमा बिचार पुराउनु, कुराकाटनेहरु धेरै हुनेछन् । अध्यान तथा अध्यापनमा रुचि खासै हुने छैन् । व्यापारमा घाटा आउन सक्छ बिचार पुराउनुहोला । छिमेकी संग बिवाद पर्न सक्ने तथा पेट समस्याले सताउन सक्छ । बेला बेलामा परिवारमा बिवाद तथा सवारी साधनबाट नोक्सानी व्योहर्नुपर्ला यो महिनाको लागी शुभ अंक ६, रगं रातो पश्चिम दिशा शुभ ॐ परमेश्वराय नम ः मन्त्र जप गर्दा शुभ तथा सेतो बस्त्र दान गर्दा प्रगति हुनेछ ।

धनु – आयआर्जनमा प्रगतिहुनेछ । निर्णय अभाबका कारण कार्यमा बिलम्ब हुनसक्छ । सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्न सक्छ । यात्रामा कठिनाइ आउने छ । मानशिक थकान साथै आर्थिक नोक्सानी हुने छ । जति परिश्रम गरेता पनि जश मिल्ने छैन् । धार्मिम कार्यमा मन जानेछ । यो महिनाको लागी शुभ अकं ,५ शुभ रङ्ग मिश्रित पुर्वदिशा शुभ ॐ गिरीशाय नमः मन्त्र जप तथा गुलिलो पदार्थ दान गर्दा प्रगति हुनेछ ।

मकर – सामान्य कुराकानीमा पनि विवाद हुन सक्छ । रमाइलो यात्रा हुनुका साथै , सन्तान सुख तथा श्रीमान श्रीमतिबिच मतभेद हुनेछ । सामाजिक कार्यले आर्थिक नोकसानी निम्ताउने छ । व्यापार व्यवसायमा अरुले रिश गर्नेछन् । बैदेशिक काम काजमा ढिला सुस्ती हुने योग रहेको हुँदा ध्यान दिएर काम गर्नुहोला । शुभ अंक ६ ,७ पंहेलो पश्चिम दिशा शुभ ॐ गोविन्दाय नमः मन्त्र जप तथा तेल दान गर्दा राम्रो हुनेछ ।

कुम्भ – बैदेशिक यात्रामा कठिनाई हुनेछ । मनमा असान्ती हुने वातावरण परिवारले गर्ने छन् । प्रतिस्पर्धाबाट नै कार्य तथा व्यापारमा सफलता मिल्ने छ । बिश्वास गरेका व्यक्तिहरु बाटनै अपमान हुनु्पर्ने छ । जग्गा जमिनमा फाइदाको कुरा कानी गरेर मित्रहरुले प्रलोभन देखाउदै खर्च गराउने छन् । नयाँ व्यावसायको सुरुवात तथा कृषिमा केहि नोक्सानी हुनेछ । यो महिनाको आगी शुभ अंक ३ , शुभ रगं हरियो पश्चिम दिशा शुभ ॐ की्र क्रीं क्रीं स्वाहः मन्त्र जप तथा चना दान गर्दा राम्रो हुनेछ ।

मिन – शारिरिक आलस्य तथा तनाबले सताउने छ । परिश्रम गरे अनुसार फलमिल्ने छैन् । धोका हुन सक्छ । पैतृक सम्पत्तिमा विवाद हुनुका साथै शैक्षिक प्रगतिको समय आएको छ । स्वास्थ्यमा सुधार हुनुका साथै परिवारमा पनि मेलमिलाप हुनेछ । धार्मिक कार्यको लागी यात्रा तथा असाय असक्त प्रति सहयोग गर्ने अवसर मिल्नेछ । यो महिनाको लागी ,शुभअकं ९ शुभ रगं हल्का रातो पुर्वदिशा शुभ ॐ गिरीशाय नमः मन्त्र जप तथा गौमातालाइ भोजन गराउदा राम्रो हुनेछ ।

सम्बन्धित

ताजा अपडेट
लुट कान्छा लुट भत्ताको नाममा रामग्राममै छ छुट ।
राहत शिक्षकहरुले काठमाडौंमा बिरोध प्रदर्शन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com