About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
समयमा कार्यक्रम सुरु नगरीएको भन्दै जनप्रतिनिधि आक्रोसित

Darpanpost आइतबार, आषाढ ३१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार

असार ३० । रुपन्देहीको देवदह नगरपालिकाको तेस्रो नगरसभा निर्धारीत समयमा सुरु नगरीएको भन्दै वडा सदस्यहरुले विरोध जनाएका छन । शनिबार दिउसो तीन बजे देवदह सभाहल शित्तलनगरमा सुरु हुने भनिएको सभा चार बज्दा पनि सुरु नभए पछि वडा सदस्यहरुले सभाहल बाहिर निस्केर विरोध जनाएका हुन । नगरपालिकाले गर्ने हरेक कार्यक्रम निर्धारीत समयमा सुरु नहुने भन्दै उनिहरुले नगरप्रमुख र उपप्रमुखले मनोमानी गर्न खोजेको आरोप लगाएका थिए । निर्धारीत समयमा नगरप्रमुख हिरा बहादुर खत्री र उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग कार्यक्रम स्थलमा नपुगेपछि समयमै उपस्थित भएका जनप्रतिधि सभा हल बारीर गफ गरेर वसेका थिए । वडा नम्बर ६ का वडा अध्यक्ष दामोदर क्षेत्री र केही वडा सदस्यहरु बाहेक अन्य जनप्रतिनिधिहरु निर्धारीत समयमा उपस्थित भएका थिएनन । निर्धारीत समयमा कार्यक्रम स्थलमा पुग्दा हलमा केही कर्मचारी बाहेक कोही पनि नभएको कार्यक्रममा सहभागी पत्रकारहरुले बताएका छन । यस बिषयमा वडा सदस्यहरु प्रश्न उठाए पछि वडा नम्बर ७ का वडा अध्यक्ष पदम थापाले टाइपको काम नसकिएकाले ढिला भएको जवाफ फर्काएका थिए । नगरप्रमुख र उपप्रमुखले भने कुनै प्रतिक्रिया दिएनन ।

अन्य स्थानिय तहको तुलनामा आर्थिक बर्ष २०७५/७६ को बजेट निकै ढिला गरी सार्वजनिक गरेको देवदह नगरपालिकाले ६२ करोड ८ लाख ५० हजार बरावरको बजेट सार्वजनिक गरेको छ । नगरस्तरीय योजनामा ९ करोड ४८ लाख ५० हजार, नगरस्तरीय पुर्वाधार कार्यक्रमको लागि ४ करोड ५५ लाख ५० हजार, नगरस्तरीय प्रवद्र्धन कार्यक्रम तर्फ १ करोड ४७ लाख विनियोजन गरेको छ । यसैगरी पशुसेवा कार्यक्रम तर्फ ८० लााख, कृषि सेवा कार्यक्रम ८० लाख, स्वास्थ्य कार्यक्रममा ८० लाख, महिला, वालवालिका, अपाङ्ग तर्फ ९ लाख, स्वास्थ्य तर्फ ७० लाख, शिक्षामा १ करोड, सहकारी तर्फ ७ लाख, चालु खर्च तर्फ ६ करोड ७५ लाख, चालु खर्च वडागत ७२ लाख विनियोजन गरेको छ । यसैगरी सर्शत अनुदान तर्फ १५ करोड ६ लााख, निर्वाचन क्षेत्र पुर्वाधार विकास खर्च ७५ लाख, सर्शत अनुदान तर्फ ७५ लाख, सामाजिक सुरक्षा कार्यक्रम तर्फ ८ करोड, नगरस्तरीय लक्षित बर्ग तर्फ योजना तथा कार्यक्रम २ करोड ६६ लाख ५० हजार वडागत विकास कार्यक्रम तर्फ ९ करोड ८९ लाख ५० हजार विनियोजन गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com