About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
अपाङ्ग पुनस्थापन केन्द्र द्वारा अपाङ्गता बिद्यार्थीहरुलाइ स्टेसनरी सामाग्री वितरण

Darpanpost मंगलबार, साउन ०१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

प्रिया अधिकारी।

अपाङ्ग  पुनस्थापना तथा  सामुदायिक विकास केन्द्र बेलभरियाको आयोजनामा अपाङ्ग भएका वडा १/२ का बिद्यार्थीहरुलाइ शैक्षिक  सामग्री  वितरण गरिएको छ। अपाङ्ग पुनस्थापना तथा सामुदायिक  बिकास  केन्द्रका अध्यक्ष टोपलाल भट्टराईको अध्यक्षता रहेको  कार्यक्रममा  प्रमुख  अतिथी रहेका कन्चन गाउँपालिकाका अध्यक्ष  गोकर्ण  बहादुर  क्षेत्रीले अपाङ्गता भएका ब्यक्तिले पनि अबसर पाए समाज र देशको नाम  उचाईमा पुर्‍याउन सक्ने भन्दै  उनिहरुलाइ अवसर दिनुपर्द्छ।त्यसका लागि आफु गाउँपालिका सदैव  सकारात्मक  रहेको बताए। कार्यक्रममा  वडा १का वडा अध्यक्ष  हरिनारायण  चौधरी वडा ४का सदस्य कुल बहादुर रास्कोटि,दिल बहादुर थापा लगायत बोल्दै  अपाङ्ग  भएका ब्यक्तिहरु प्रती सबैले सहयोगको भावना राख्नु पर्ने विचार  राखे ।उक्त कार्यक्रममा २१ जना अपाङ्ग  बिद्यार्थीहरुलाइ शैक्षिक  सामाग्री वितरण गरिएको थियोे ।शिक्षाको क्षेत्रमा प्रेरणा  प्रदान गर्दै अध्यनका लागी हौसला  दिने उदेश्यले शैक्षिक  सामाग्री वितरण गरिएको  केन्द्रका अध्यक्ष  भट्टराईले जानकारी दिए। भने कार्यक्रम  सञ्चालन देव बहादुर थापाले गर्नु भएको  थियो।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com