असार २५ । मोटसाइकल दुर्घटनामा परी घाइते भएकी संञ्चारकर्मी निशा शर्माको निधन भएको छ । उपचारको क्रममा नया मेडिकल कलेज चितवनमा आइतबार बिहान निधन भएको पारीवारीक स्रोतले जानकारी दिएको छ । उनी गत असार १८ गते रुपन्देहीको देवदह भलुहीमा मोटरसाइकल दुर्घटनामा परेकी थिइन । दुर्घटना भए लगत्तै उपचारका लागि देवदह मेडिकल कलेज भलुही लगिएको र त्यहा उपचार संम्भव नभएपछि भरतपुर रीफर गरीएको थियो । उनि स्थापना काल देखि नै देवदह टेलिभिजनमा प्राविधि साखामा प्राविधकका रुपमा कार्यरत थिइन ।