काठमाडौ २४ असार । हिजो असार २३ गते मुस्ताङ्गमा टिप्पर दुर्घटनामा मृत्यु भएको रोल्पा र दाङको देउखुरी उपत्यका नै शोकमा डुबेका छन् । रोल्पाबाट बसाई सरी दाङको देउखुरी झरेका एकै परिवार भित्रैकै आठ जनाको मृत्यु भएको छ ।
कामको सिलसिलामा मुस्ताङ पुगेका हाल राप्ती गाउँपालिका रमेश घर्तीले राम्रो कमाइ हुने भएपछि मजदुरीको गर्नको आफन्तहरुलाई मुस्ताङ लगेका थिए । रोल्पाबाट बसाई सरेर राप्ती गाउँपालिका आएकी लिला रोकाले आफ्नै आफन्तहरु आठ जनाको मृत्यु भएको बताउनुभयो । ठेगाना रोल्पा, दाङ कपीलवस्तु भनेर धेरैलाई अलमल भए पनि आफ्नै परिवारका आठ जनाको मृत्यु भएको लिलाले बताउनुभयो ।
उहाँका आफन्तहरुमा श्रीमान् राष्ट्रिय रोका देवर महेश रोका, जेठाजु कमान सिंह रोका, कविता रोका, जीतमाया रोका आमाजु भतिजी सिर्जना रोका, भतिजो मौसम रोका रहनुभएको छ । लिलाका सासु ससुरा रोल्पा रहनुभएको छ । लिला र उहाँका श्रीमान् दाङको राप्ती गाउँपालिकामा बस्दै आउनुभएको थियो । यस्तै राजपुर गाउँपालिका गुरुङ्ग खोलाका बालकुमार पुन र कमल बुढा, राप्ती गाउपालिकाका सुकवीर चौधरीको मृत्यु भएको छ ।